६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकारको विकास निर्माणको काम द्रुत गतिमा : मुख्यमन्त्री पौडेल

अ+ अ-

हेटौँडा । वाग्मती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले विकास निर्माणको कामलाई द्रुतगतिमा अगाडि बढाएको बताएका छन् ।

विपक्षीहरुको गुनासोको सम्बन्धमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा मुख्यमन्त्री पौडेलले वाग्मती प्रदेश सरकारले सातवटै प्रदेश सरकारभन्दा उत्कृष्ठ एवं गुणस्तरीय र प्रभावकारी रुपमा विकास निर्माणमा जोड दिएको तर्क दिए ।

उनले वाग्मती प्रदेशको १३ जिल्लालाई जोड्ने सडक सञ्जालको निर्माण, ग्रामीण सडकको निर्माण, सुरुङमार्गको निर्माण, मुख्य सडकको निर्माण र सार्वजनिक यातायातको सञ्चालन र सुरक्षामा विशेष प्राथमिकताको आधारमा काम गरिरहेको छ भने ।

उनले वाग्मती प्रदेशको राजधानी हेटौँडा भएकोमा जनतालाई कुनै समस्या नभएको र भौगोलिक आधारमा उपयुक्त स्थान भएको उल्लेख गर्दै समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न प्रदेश सरकार लागि रहेको छ भने ।

प्रदेश सरकारलाई पूर्णता दिन दुग्ध विकास बोर्डको गठन, पर्यटन निर्देशनालय, प्रेस रजिष्टारको कार्यालय, औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया, विभिन्न उद्योग र कृषि उत्पादन बढाउने खालको विकासका कार्यक्रम गरिरहेको र आगामी दिनमा प्रभावकारीका साथ सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय गरेर जनताको कामलाई छिटोछरितो र पारदर्शी रुपमा गरिरहेको जानकारी दिए। पौडेल समाजद्वारा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले उपरोक्त कुरा बोलेका हुन् । उनले पौडेल समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।रासस

प्रतिक्रिया दिनुहोस