१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेपत्ताको सम्पत्ति रोकिए आयोगमा सम्पर्क गर्न आग्रह

अ+ अ-

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले दशवर्षे द्वन्द्वमा व्यक्ति बेपत्ताका कारण सम्पत्ति रोक्का भएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ ।

आयोगमा नयाँ पदाधिकारी आएपछि आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष युवराज सुवेदीले व्यक्ति बेपत्ता भएकाले सम्पत्ति रोक्का भएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरे ।

‘विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म भएको घटनामा बेपत्ता व्यक्तिका कारण कसैको जग्गा रोक्का भएको छ, त्यसमा केही समस्या भएमा आयोगमा सम्पर्क गर्नुस, आयोगले सहयोग गर्छ’, अध्यक्ष सुवेदीले भने । आयोगमा सो अवधिमा बेपत्ता पारिएका व्यक्तिको दुई हजार ५०६ उजुरी परेको छ । उजुरीउपर अघिल्लो पदाधिकारीले ६४ जिल्लाको विस्तृत अध्ययन सकेको थियो भने ११ जिल्लामा अध्ययन बाँकी छ ।

नौ महिनाको रिक्ततापछि आयोगमा पदाधिकारी नियुक्ति भएको छ । गत चैत मसान्तबाट नै पदाधिकारीको समय सकिएको थियो तर पदाधिकारी सिफारिस समितिले गत माघ ४ गते आयोगमा पदाधिकारी सिफारिस गरेको थियो । आयोगमा नयाँ पदाधिकारीले बाँकी जिल्लाको काम रोल्पाबाट अध्ययन शुरु गर्ने तयारी गरेको छ । पाँच अनुसन्धान अधिकृत नियुक्ति गरेर चार समूह बनाएर बाँकी जिल्लाको अध्ययन सम्पन्न गर्ने अध्यक्ष सुवेदीले जानकारी दिए।

अध्यक्ष सुवेदीले द्वन्द्वकालीन घटनासँग जोडिएका घटनामा उच्च ओहदाका र सामान्य सबै अनुसन्धानको दायरमा ल्याउने जानकारी दिँदै शङ्कास्पद कुनै स्थान भएमा त्यसको छिट्टै उत्खनन गर्ने बताए । आयोगको गत माघ २६ गते बसेको बैठकले सङ्क्रमणकालीन ऐन संशोधन गर्न कानून मन्त्रालयलाई सुझाव बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस