८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक समृद्धिको पहिलो आधार कृषि हो : उपराष्ट्रपति पुन

अ+ अ-

बुलबुले । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिको पहिलो आधार जैविक कृषि भएको बताएका छन् ।

आज कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगर–११ को गाग्रेतालस्थित नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यमिक विद्यालयको एकीकृत जैविक कृषि मोडेल फार्म प्रदर्शनी तथा अनफार्म अनुसन्धान प्लट स्थापना तथा सञ्चालनको उद्घाटनमा उपराष्ट्रपति पुनले आर्थिक समृद्धिको पहिलो आधार कृषि भएको बताए ।

कार्यक्रममा उपराष्ट्रपति पुनले आधुनिक प्रविधिद्वारा मात्र कृषिको विकास हुने बताए । ‘आधुनिक प्रविधिद्वारा कृषिको विकास जरुरी छ । आधुनिक उत्पादन तथा औद्योगिक क्रान्ति गरेर मात्रै नेपालको समृद्धि सम्भव छ’, उनले भने । ‘पहिला यहाँको उत्पादन बाहिर जान्थ्यो, अहिले बाहिरको वस्तु आउने गरेको छ । अर्बौं पैसा बाहिर जाने गरेको छ । गाउँमा बाँझो जमिन बढ्दै गएको छ । अब यो समस्या समाधान गर्न समग्र कृषिको आधुनिकीकरण गर्न जरुरी छ’, उपराष्ट्रपति पुनले भने ।

कृषिलाई पहिलो प्राथमिकतामा पारेर अगाडि बढ्न सके समृद्धिको आधार थप बलियो हुने उनले बताए । विषादिरहित उत्पादन हाम्रो प्राथमिकतता हुनुपर्ने भन्दै उपराष्ट्रपति पुनले विषादिरहित खाद्यान्न र तरकारी उत्पादन गरेर नमूना बन्न कर्णाली प्रदेशलाई सुझाए ।

कर्णाली प्रदेशबाट जैविक कृषिको आधार तयारको अभियान शुरु भएको भन्दै उनले जैविक कर्णाली प्रदेश कृषिमा नमूना प्रदेश बन्ने विश्वास व्यक्त गरे । उनले विद्यालय परिसर आँप र फर्सीको बिरुवा रोपेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । विद्यालयले निर्माण गरेको जैविक मल, वेष्ट डिकम्पोजर र जीवामृतलगायतका नमूना कामको अवलोकन गरेका थिए ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, कर्णाली प्रदेशसभा सदस्य पदमा खड्का, कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, कृषि सचिव राजेन्द्रप्रसाद भारीलगायतका कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस