१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिबाट चौथो निर्वाचन दिवस विशेष समारोह समुद्घाटन

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चौथो निर्वाचन दिवसका अवसरमा आज आयोजित विशेष समारोहको समुद्घाटन गरिन्।

कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा आयोजित उक्त विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना २०७६–८१, निर्वाचन स्मारिका र निर्वाचन न्याय, स्रोत पुस्तिका अर्पण गरेका थिए ।

सो अवसरमा राष्ट्रपतिले आयोग र मातहतका कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने पाँच कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिन् । पुरस्कार प्राप्त गर्नेमा सहसचिव गिरिजा शर्मा, शाखा अधिकृत नम्रता चुडाल, जिल्ला निर्वाचन अधिकृतद्वय महेश शर्मा र इन्दिरा यादव तथा कम्प्युटर अधिकृत दिनेशकुमार राई छन् ।

समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री र मन्त्रिगणको उपस्थिति थियो ।

संवैधानिक आयोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, पूर्वप्रमुख आयुक्त र आयुक्त एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु समारोहमा सहभागी थिए ।

विसं २०१५ फागुन ७ गते पहिलो संसदीय आमनिर्वाचन प्रारम्भ भएको दिनको सम्मानमा २०७३ सालबाट फागुन ७ गतेको दिनलाई निर्वाचन दिवसका रूपमा मनाइँदै आएको छ । ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ चौथो निर्वाचन दिवस बनाइएको हो ।रासस

प्रतिक्रिया दिनुहोस