७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गर्नुपर्ने माग

अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले संसदीय प्रक्रियामा रहेको मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गरेर मात्र अगाडि बढाउनुपर्ने माग गरेको छ ।

मिडिया काउन्सिल विधेयकसम्बन्धी महासंघले उठाएका विषय आंशिक सम्बोधन भए पनि काउन्सिलको स्वायत्तता लगायतका विषयमा थप सुधारको आवश्यकता औँल्याइएको छ । महासंघका केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बिहीबार सम्पन्न बैठकले ती विधेयकको पछिल्लो अवस्थाका बारेमा समीक्षा गर्दै सूचना प्रविधिसम्बन्धी विधेयकका सम्बन्धमा महासंघले उठाएका विषय सम्बोधन हुनेगरी दबाब सिर्जना गर्ने निर्णय गरेको छ ।

कार्यवाहक अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको सो बैठकले सञ्चारसम्बन्धी अन्य विधेयक अघि बढाउँदा सरोकारवाला पक्षसँग छलफल गर्नसमेत सरकारसँग आग्रह गरेको छ । ‘सञ्चारमाध्यममा प्रकाशित समाचारका सम्बन्धमा चिनियाँ दूतावासले सम्पादक र सञ्चारमाध्यमविरुद्ध धम्कीपूर्ण विज्ञप्ति जारी गरेकोप्रति महासंघले गम्भीरतापूर्वक लिँदै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले सञ्चारमाध्यमले समाचार सामग्री सम्प्रेषण गर्दा आचारसंहिताको पालना गर्न र संवेदनशील विषयमा समाचार संप्रेषण गर्दा थप ख्याल पुर्‍याउन पनि आग्रह गरेको छ । सञ्चारगृहभित्र सम्पादन विभागीय स्वतन्त्रताको सुनिश्चितताका लागि पहिलेदेखि नै आवाज उठाउँदै आएको महासंघले सञ्चारगृहमा सम्पादकीय विभागको स्वतन्त्रतालाई जोड दिएको छ ।

श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका सन्दर्भमा महासंघले चलाएको दबाब र अनुगमनलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउने निर्णय गरिएको छ । महासंघले सूचना तथा प्रसारण विभागमा श्रमजीवी पत्रकार तथा कर्मचारीको विवरण सबै सञ्चारमाध्यमलाई बुझाउन र दरबन्दी यथाशीघ्र बुझाउने वातावरण निर्माण गर्न सूचना तथा प्रसारण विभागलाई दबाब दिने निर्णय गरेको छ । महासंघले ठूलो सङ्ख्यामा पत्रकार प्रेस पासविहीन अवस्थामा भएकाले प्रेस पास नवीकरण सहज बनाउन पहल गर्नुका साथै पछिल्लो समय पत्रकार असुरक्षित देखिएको र पत्रकार स्वनियन्त्रणमा रहेकाले सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस