६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओली अद्वितीय क्षमताका व्यक्तित्व : मुख्यमन्त्री पौडेल

अ+ अ-

हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका व्यक्तित्व भएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्।

प्रधानमन्त्री ओलीको ६९औँ जन्मोत्सवको सुअवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले प्रधानमन्त्री ओलीलाई निरन्तर सक्रियताका लागि शुभकामना व्यक्त गरेका छन् ।

‘निडर, निश्चल, अडिग अनि जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीलाई जन्मदिनको सुअवसरमा सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सक्रियताको हार्दिक शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।

सन्देशमा अगाडि भनिएको छ, ‘तपाईंको उच्च मनोवल, दूरदर्शिता, विकासका अवधारणा तथा हरेक प्रतिकूलतालाई समेत चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता हाम्रा लागि प्रेरणाका स्रोत हुन् । चुनौतीका रुपमा रहेको प्रतिकूल स्वास्थ्य अवस्थालाई गहिरो आत्मविश्वासले पराजित गर्न सफल अध्यक्षज्यूले आन्तरिक तथा बाह्य प्रहार, षड्यन्त्र आदिको सामना गर्दै त्यसलाई ऊर्जाको रुपमा परिणत गरेर राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणको आधार तयार पार्न खेलेको भूमिकाको प्रशंसा जतिनै गरे पनि कम हुन्छ ।’

‘समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न यहाँको नेतृत्वमा तीनवटै तहका सरकार, जनताप्रति उत्तरदायी रहँदै जनताको सेवामा समर्पित भई समन्वयका साथ अघि बढी इतिहास रच्ने आधार बनाउन प्रतिबद्ध छन्’, सन्देशमा मुख्यमन्त्री पौडेलले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस