१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नमुना शौचालय निमार्ण

अ+ अ-

डोटी । बोगटान फुड्सिलग गाउँपालिकाको ग्रामीण जलश्रोत ब्वस्थापन परियोजनाले वडा नम्बर ६ मष्टेश्वर माद्यमिक विद्यालयमा सेनिटरी प्याड डिस्पोज गर्न मिल्ने नमुना शौचालय निमार्ण गरि प्रयोगमा ल्याएको छ ।

तेह्र लाखको लगानीमा गाउँपालिका भरिको पहिलो नमुना शौचालयको रुपमा निमार्ण गरी प्रयोगमा ल्याएको ग्रामीण जलश्रोत ब्यवस्थापन परियोजनाका फिल्ड संयोजक गिता जिसीले बताईन् । उनले भनिन्, ‘गाउँपालिका भित्र रहेका कुनै विद्यालयमा पनि प्याड डिस्पोज गर्न शौचालय निमार्ण भएको छैन यो पहिलो शौचालय हो ।

महिनावारी भएको समयमा छात्राहरु विद्यालयमा नियमित रुपमा आउनका साथै शैक्षिक गुणस्तर अभिवृृद्धीमा सहयोग पुगोस भन्ने हेतुले सेनिटरी प्याड चेन्ज र डिस्पोज गर्न मिल्ने नमुना शौचालयको निमार्ण गरिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताए । उनले भने, ‘हामीले मष्टेश्वरीमा निमार्ण गरेको पहिलो शौचालयहो गाउँपालिका भित्र रहेका मावि तहका सबै बिद्यालयमा यस्तो शौचालय निमार्ण गर्न आवश्यक छ अन्य विद्यालयहरुमा पनि निमार्णको कार्यलाई निरन्तरता दिनेछौं ।’

गाउँपालिकाको सहयोगमा बिद्यालयमा छात्राहरुका लागि सेनिटरी प्याड सिस्पोज गर्न मिल्ने आधुनिक खालको शौचालय निमार्ण हुदाँ छात्राहरुको बिद्यालय आउने दर बढ्नुका साथै शैक्षिक उपलब्धी बढ्नमा पनि सहयोग पुग्ने विद्यालयका प्रध्यानाध्यापक झकेन्द्र चन्दले बताए । उनले भने ‘छात्राहरु महिनावारी हुदाँ विद्यालय अनुपस्थित हुने, हामीसँग प्याड परिवर्तन गर्न मिल्ने, डिस्पोज गर्न मिल्ने कुनै ब्यवस्था थिएन अब सहज हुन्छ ।’

गाउँपालिका भित्र ३२ वटा आधारभुत र ९ वटा माध्यामिक विद्यालय गरी ४१ वटा विद्यालय रहेका भएपनि छात्राहरुको लागि सेनिटरी प्याड परिवर्तन र डिस्पोज गर्न मिल्ने प्रकारको शौचालय हाल सम्म अन्य कुनै विद्यालयमा निमार्ण गरिएको छैन् ।

सामुदायिक विकास मञ्च डोटीको सहजीकरणमा बोगटान फुड्सिलग गाउँपालिकाको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनालले निमार्ण गरेको शौचालय गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आईतबार विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस