७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लक्षित वर्गलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव

अ+ अ-

डोटी । नेपाल रेडक्रस सोसाइटीले डोटी जिल्लामा सञ्चालन गर्न गइरहेको पश्चिम विपत पुर्वतयारी परियोजनाले लक्षित वर्गलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन् ।

अमेरिकी रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले सोमबार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको जिल्लाका सरोकारवाला निकायहरुसँगको परियोजनाको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले उक्त सुझाव दिएका हुन् ।

कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले कार्यक्रम कार्यान्वयन गर्नु पूर्व समुदायलाई विपत के हो, विपत हुँदा के समस्या आई पर्छ, यसबाट कसरी बच्च सकिन्छ भन्ने जस्ता कुराहरूको बारेमा जानकारी गराई कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने सुझाव दिए ।

रेडक्रस सोसाइटी डोटी शाखाले पश्चिम विपत पुर्वतयारी परियोजना डोटीको शिखर नगरपालिका र पुर्विचौकी गाउँपालिकामा लागु गर्ने रेडक्रसको आफ्नो निर्णय नभई जिल्ला विपत व्यवस्थापन समितिको बैठकबाट केही सूचकको आधारमा छनोट गरिएको समेत प्रजिअ पौडेलले बताए ।

परियोजनाले डोटी जिल्लाको विपत व्यवस्थापनको क्षेत्रमा सहयोग पुर्‍याउन महत्त्वपूर्ण भूमिका निवार्ह गर्नुपर्ने जिल्ला समन्वय समितिकी उप प्रमुख शशी शोपले बताइन् । परियोजनालाई जिल्लामा सफल पार्न आफ्नो पनि सहयोग रहने बताइन् । परियोजनाले लक्षित वर्ग, दलित, जनजाति समुदायलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिइन् ।

तिन वर्षे परियोजनाले लक्षित वर्ग संकटासन्न समुदाय, बालबालिका, महिला, दलित, जनजाति समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने परियोजनाको उद्देश्य रहेको नेपाल रेडक्रस डोटी शाखाका सामुदायिक प्रशिक्षक कर्ण बहादुर साउदले बताए ।

नेपाल रेडक्रस मानवीय सेवामा तल्लीत संस्था भएकोले मानव सेवा नै धर्म हो भन्ने भाव सधैँ रहिरहने नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका सभापति लक्षिराम कुँवरले बताए । परियोजनालाई डोटीमा सफल पार्न सबैको निकाएको सहयोग आवश्यक रहेको समेत सभापति कुँवरले बताए ।

जनवरी २०२० बाट सुरु भई ३ बर्से अबघी रहेको परियोजनाले डोटीमा विपत जोखिम न्यूनीकरण सम्बन्धी योजना बनाउने, प्राथमिक उपचार तालिम सञ्चालन गर्ने, समुदायको संकटासन्न अवस्थाको पहिचान गर्ने तथा उत्थानशील समुदायको निमार्ण गर्ने लगायतका थुप्रै उद्देश्यहरू रहेको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका महासचिव देव बोहराले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस