९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माडीका वडाध्यक्ष पौडेललाई अनशन तोड्न नौ दलको आग्रह

अ+ अ-

चितवन । माडीवासीका मागलाई लिएर अनशनरत माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेललाई अनशन तोड्न नौ राजनीतिक दलले आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसहित जिल्लामा क्रियाशील राजनीतिक दलको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पौडेलको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै अनशन तोड्न आग्रह गरेको हो ।

बैठकपछि दलहरुले जारी गरेको विज्ञप्तिमा पौडेलले राखेका मागप्रति आफूहरुको ऐक्यबद्धता रहेको भन्दै उनका माग अविलम्ब पूरा गर्न र उनको जीवन रक्षाका लागि सरकारसँग माग गर्ने निर्णयसमेत गरिएको उल्लेख छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली काँग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, साझा पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय नागरिक पार्टीका जिल्ला अध्यक्ष एवं प्रतिनिधिको सहभागिता थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि पौडेललाई आज बिहान उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उनको अवस्था स्थिर तर जोखिमपूर्ण रहेको जनाएको छ । यसैबीच नेपाली काँग्रेस चितवनले उनका माग सम्बोधन गर्न दबाव दिँदै संघर्षका कार्यक्रम घोषणा गरेको छ । जसअन्तर्गत आज दिउँसो भरतपुरको चौबिसकोठीमा एक घण्टा चक्काजाम गरिएको थियो ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ लाई जनपक्षीय बनाउनुपर्ने उनको माग छ । राष्ट्रिय निकुञ्जसम्बन्धी २०२९ को विनियम संशोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) नियमावली २०७६ ले माडी जस्तो बहुउपेक्षित क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानव अधिकारसहितको संरक्षणका लागि पुनःसंशोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोसरुपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने साथै उत्तरी सिमानामा पर्ने रिउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग रहेका छन् ।

यस्तै लागत तथा उत्पादनका आधारमा बालीको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको केन्द्रका रुपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने मागहरु उनका छन् । उनी यही फागुन ७ गतेदेखि आमरण अनशनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस