७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश लोक सेवा आयोग विधेयक पारित

अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशसभाको आज बसेको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसहमतिबाट पारित गरिएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोक सेवा आयोग ऐन २०७६ को प्रदेश मामिला समितिको प्रतिवेदनलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा मुख्यमन्त्री पौडेलले लोकसेवा आयोगलाई स्वायत, पारदर्शीका साथ आफ्नो जिम्मेवारी बहन गर्न केही सुविधायुक्त सेवाहरु थप गर्नुपर्ने सदस्यको सुझाव अनुरुप समावेश गरिएको हो भने। उक्त बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा युवा परिषद् गठन गर्न बनेको विधेयकलाई पूर्ण छलफलको लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावको विधेयकमाथि सैद्धान्तिक पक्षमा सहभागी हुँदै सदस्यले प्रदेशका युवा समुदायलाई उद्यमशीलता, परोपकारी, दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा परिषद् गठन गर्दा दलगत स्वार्थभन्दा माथि उठेर युवा समुदायलाई समेटिनु पर्ने सुझावहरु राखेका थिए ।

उनीहरुले युवालाई नैतिक शिक्षाको अध्ययन गर्न विपत्को व्यवस्थापनमा तत्काल उद्धार गर्न र गुणात्मक जनशक्तिलाई विकासको पूर्वाधार विकासमा सहभागी गराउने नीतिगत कार्यक्रम समावेश गर्न आग्रह गरे ।

उनीहरुले प्रदेश सरकारले उक्त ऐनलाई लागुगर्ने क्रममा सबै युवा समुदायलाई योग्यता, क्षमता र प्रतिभाअनुसार निष्पक्षका साथ सहभागी गराउन माग गरे । सामाजिक विकासमन्त्री युवराज दुलालले विधेयकको सैद्धान्तिक पक्षमा उठेको जिज्ञासालाई उत्तर दिँदै सरकारले युवा समुदायलाई गुणात्मक दक्ष जनशक्ति उत्पादन गर्ने र खेलकूद, साहित्य र पत्रकारिताको क्षेत्रको विकासमा नीतिगत कार्यक्रम तर्जुमा गरी आगामी आवमा क्रमशः योजना कार्यान्वयन गर्नेतर्फ लक्ष्य रहेको बताए ।

बैठकको शून्य समयमा बोल्नुहुँदै सदस्यहरुले मुलुकका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक फागुन १९ गते दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस