११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरुङमार्गको विस्तारमा वाग्मती प्रदेश केन्द्रित : मन्त्री फुयाँल

अ+ अ-

काठमाडौं ।  वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारको ध्यान सुरुङमार्गको विकास एवं विस्तारमा केन्द्रित भएको बताएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा रहेको बाल विकास माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रममा आज उनले केन्द्रीय राजधानी काठमाडौँबाट प्रदेश राजधानी हेटौँडा जोड्ने सुरुङमार्गलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाउन लागिएको बताए ।

‘मदन भण्डारी मार्गलाई सहज बनाउन पोष्टबहादुर सुरुङमार्ग बनाइँदै छ, प्रदेशका अन्य स्थानमा पनि सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ, सहुलियत दरमा सहज यात्रा एवं छिटो गन्तव्यमा पुग्ने नागरिकको चाहना पूरा गर्न सुरुङ मार्गको विकास एवं विस्तारमा प्रदेश सरकार लागि परेको छ’, मन्त्री फुयाँलले भने ।

विसं १९१७ मा चुरियामाईमा दक्षिण एशियाकै पहिलो सुरुङमार्ग निर्माण गरेको नेपालले लामो समय यसलाई प्राथमिकता राख्न नसके पनि अब यसमै ध्यान केन्द्रित गर्न लागेको जनाइएको छ । आफूले शिवपुरी जङ्गलबाट दाउरा बोकेर ल्याउने बेलामा कल्पना गरेको उपत्यका काठ चक्रपथ कार्यान्वयन गराउने मन्त्रालयमा आफू पुगेकाले छिटो काम गर्न लागिपरेको उनले सुनाए । उपत्यकाका तीनवटै जिल्ला जोडिने काठ चक्रपथको १५० किमीमध्ये गोकर्णेश्वरको जगडोलबाट कागेश्वरी मनोहरा नगरपालिकाको अधिकारी गाउँसम्मको १० किमीको काम चालु आर्थिक वर्षमा अघि बढेको छ ।

यसका लागि मन्त्रालयअन्तर्गत रु ३० करोड बजेट विनियोजन भएको जानकारी पनि मन्त्री फुयाँलले दिए । प्रदेशमा यातायात पूर्वाधार क्षेत्रलाई व्यवस्थित गर्ने र एक घर एक धारा अभियानलाई सफल बनाउने योजनालाई प्राथमिकता दिइएको उनले जानकारी गराए । सिँचाइ योजनामार्फत जमिनको उब्जनी बढाउन पनि मन्त्रालयले ध्यान दिएको जनाइएको छ ।

विद्यालयको जीवनको प्रारम्भिक शिक्षा यसै विद्यालयबाट शुरु गरेका मन्त्री फुयाँललाई सो अवसरमा अभिनन्दनसमेत गरिएको थियो । विद्यालयको पूर्वाधार विकास र शैक्षिक उन्नयनमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाको वडा नं १ र २ का अध्यक्ष क्रमशः मुकुन्द गजुरेल र सुदर्शन धिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर फुयाँल, विद्यालयका प्रधानाध्यापक राजकुमार वाइवा, व्यवस्थापन समितिका पूर्वअध्यक्ष जगन्नाथ कार्की, हाँस्य कलाकार श्रीकृष्ण सिम्खडालगायतले सामुदायिक विद्यालयको प्राज्ञिक उन्नतिका लागि समुदायको सहयोग आवश्यक रहेकामा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस