७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीयता कमजोर बनाउने षड्यन्त्र हुँदैछ : मुख्यमन्त्री राई

अ+ अ-

भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिले संघीयतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताएका छन् । देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभूति गर्न पाएको भए पनि स्वदेशी तथा विदेशी शक्तिहरु यसलाई समाप्त बनाउने खेलमा लागेको उनको भनाइ छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित ‘टेम्केमैयुङ मुन्दुम सांस्कृतिक महोत्वस–२०७६’ को उद्घाटनका लागि गृह जिल्ला आएका राईले तीन तहको सरकार कार्यान्वयनमा आएपछि विकासको लहर चलेको धारणा राखे।

मुख्यमन्त्री राईले भने, ‘देश संघीय प्रणालीमा गएपछि विकासले गति लिएको छ, तर यसलाई समाप्त पार्न विभिन्न षड्यन्त्र भइरहेका छन्, यसलाई हामीले सामना गर्नैपर्छ ।’ यतिबेला जनप्रतिनिधिलाई सेवा गर्ने अवसर आएको बताउँदै उनले जनतालाई छल्ने र वाहना बनाउने कुनै छुट नभएको बताए ।

‘जनताले हामीबाट धेरै आशा गरेको छन्, यो हाम्रो समय भनेको विकास र समृद्धिमा लाग्ने समय हो, यसर्थ हामीलाई जनताको काममा आलटाल गर्ने कुनै छुट छैन’, उनले भने । अहिले साना योजनाका लागि पनि काठमाडौँ धाउनुपर्ने अवस्था नरहेको बताउँदै उनले ठूला लगानीका योजनालाई सञ्चालन गर्ने हैसियत प्रदेश सरकारसँग रहेकाले विकास भएन भनेर नडराउन आग्रह गरे ।

जनताको भलाइलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै उनले भोजपुरको शिर उच्च राख्ने गरी आफूले प्रदेशको नेतृत्व गरिरहेको बताए । ‘मैले मेरो क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु, तपाईँहरुले म माथि गरेको भरोसालाई केन्द्रविन्दुमा राखेर विकासका काम सञ्चालन भइरहेको छ, अबको केही वर्षमा भोजपुर विकासको गतिमा निकै माथि उठ्छ, यहाँहरुले साच्चै विकासको अनुभूति गर्न पाउनुहुन्छ ।’

उनले गाउँपालिकाको आयोजना गरेको महोत्सवले भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन टेवा मिल्ने बताए । पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने लक्ष्यका साथ आयोजना हुने यस्ता मेला महोत्सवले स्थानीय सरकारलाई आर्थिक रुपमा मजबुत बनाउने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस