९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाथरखोलामा अज्ञात रोगले २० भेडा मरे, उपचार गर्न जनशक्ति छैन

अ+ अ-

जुम्ला । हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले मङ्गलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।’भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेडा मरे। ‘ कृषक अधिकारीले भने । अहिले त्यस्तो रोग भेडीखर्कमा फैलिएको छ । नियन्त्रणमा कुनै पहल भएको छैन ।

‘जीविकोपार्जन गर्न सानाठूला गरी ६५ भेडा पालेको थिए । २० मरिसके । अझ कति मर्ने हुन् । रोग फैलिएको छ ।’ उनले भने । बीमा नहुँदा क्षतिपूर्तिको संम्भावना छैन । शिखर इन्सुरेन्समार्फत पशु बीमा गर्ने भएपनि सो गाउँपालिकामा कर्मचारी नहुँदा बीमा नभएको जनाइएको छ ।

सो गाउँपालिका पशु शाखाका संयोजक नरसिंह थापाले आफूले भेडा मरेको जानकारी पाएको जानकारी दिए । उनले भने,’ औषधि दिएर पठाएका छौँ ।’ शाखामा सात जनाको कर्मचारी दरबन्दी रहेको छ । अहिले एकजना मात्र कार्यरत रहेका छन् । उनले भने ‘ एकजना कर्मचारीले कार्यालय खोल्ने कि फिल्ड जाने निकै समस्या छ ।’

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कर्मचारी समायोजनका कारण दरबन्दीमा उथलपुथल भएको जानकारी दिए । ‘पर्याप्त कर्मचारी छैनन्’, उनले भने,’भएका कर्मचारीले जेनतेन व्यवस्थापन गर्दै आएका छौँ ।’

प्रतिक्रिया दिनुहोस