९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक बढ्दै

अ+ अ-

लमजुङ । नेपाल भ्रमण वर्ष २०२० मा चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटक विस्तारै बढ्न थालेका छन् । चिसोका कारण मुश्किलले ५/६ जना आउने गरेको यस पदमार्गमा गर्मी शुरुपछि पर्यटक बढेका हुन् ।

केही दिनबाट पर्यटक बढ्न थाले पनि यस पदमार्गका होटल व्यवसायी भने खुशी छैनन् । गत वर्ष यही मौसममा यो भन्दा दोब्बर पर्यटक आएको र यस वर्ष कोरोना भाइरसले पर्यटक कम आउँदा व्यवसाय विगतका वर्षमा झैँ हुन नसकेको होटल व्यवसायी पञ्चबहादुर गुरुङले बताए । यतिबेला विस्तारै आयआर्जन बढ्न थालेको छ । केही समयअघि सम्म ५/१० हजार रुपैयाँ कमाउन नसकेका होटल व्यवसायीले यतिबेला ४० हजारदेखि ६० हजारसम्म आम्दानी गरिरहेको होटेल व्यवसायीको भनाइ थियो ।

त्यस्तै मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भने, ‘अब पर्यटकको मौसम शुरु भयो, पर्यटक बढ्न थाले, विगतका वर्ष जसरी अहिले व्यापार नभए पनि चिसोको मौसमभन्दा राम्रो हुन थालेको छ ।’ चिसोले बन्द भएका यहाँका बन्द होटल विस्तारै सञ्चालन भइरहेको उनको भनाइ थियो ।

यतिबेला पदमार्गमा दैनिक कम्तीमा ५० जनाभन्दा बढी आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका इञ्चार्ज सोमी गुरुङले बताए । उनले भने, ‘यो वर्षकै सबैभन्दा धेरै बुधबार ५९ पर्यटक आए । भ्रमण वर्षमा पदमार्गमा आउने पर्यटक वृद्धि हुने अपेक्षा गरेका छौँ’, विस्तारै पर्यटक बढ्न थालेको उनको भनाइ थियो । अहिले पर्यटक सबैभन्दा धेरै जर्मनीबाट आएको एक्याप धारापानीले जनाएको छ ।

एक्याप धारापानीका अनुसार सन् २०१९ मा २७ हजारभन्दा बढी पर्यटक यस पदमार्गमा आएका थिए । अन्नपूर्ण पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ, र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस