१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्ञानमा नभई पुस्तकको व्यापारमा कर

अ+ अ-

काठमाडौं । सरकारले ज्ञानमा नभई पुस्तकको व्यापारमा कर लगाइएको स्पष्ट पारेको छ । पछिल्ला दिनमा पुस्तकमा कर लगाइएको भन्दै सरकारको आलोचना गर्दै विभिन्न खालका प्रदर्शन भइरहेको सन्दर्भमा सरकारले ज्ञानमा नभई व्यापारमा कानूनअनुसार कर लगाइएको बताएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा.युवराज खतिवडाले भने, ‘पुस्तकको व्यापार पनि व्यापार हो, ज्ञान व्यापार होइन, पुस्तक बेचेर कमाएको नाफामा कर लाग्छ, यसमा दिग्भ्रमित नहुनुहोस्’ ।

उनले ठूलो लगानीमा देशभित्र छापाखाना स्थापना भएको, कागजमा उनीहरुले कर तिरेको, सामान आयात गर्दा कर लागेको प्रसङ्ग जोड्दै स्वदेशी उद्योगको संरक्षण गर्ने लक्ष्यका साथ सरकार लागीपरेको बताए। उनले पुस्तकको बिक्रीमा धेरै मुलुकले कर लगाएको प्रसङ्ग जोड्दै भने, ‘कतिपय मुलुकले १८ प्रतिशतसम्म कर लगाएका छन् । धेरै मुलुकले त पाँचदेखि १० प्रतिशतसम्म कर लगाएका छन् । हाम्रो ध्येय स्वदेशी उद्योगको संरक्षण गर्नेतर्फ नै छ ।’

देशभित्रै अर्बौँलगानीमा प्रेस स्थापना भएको र उनीहरुले बैंकबाट ऋण लिएको तथ्य पेश गर्दै मन्त्री डा खतिवडाले स्वदेशी उद्योगको संरक्षण गर्नु सरकारको दायित्वसमेत भएको स्पष्ट पारे । उनले भने, ‘कनै छापाखानाले छापेर बिक्री गर्ने पुस्तकमा कर तिर्नुपर्छ, कागज आयात गर्दा १५ प्रतिशत कर तिर्नुपर्छ । ती छापाखाना कर नै नतिरी ल्याउने पुस्तकसँग कसरी प्रतिस्पर्धा गर्न सक्छन् र टिक्न सक्छन् ?’

तयारी पुस्तक ल्याउँदा आयातकर्ताले के कति परिमाणमा आयात गरे भन्ने बारेमा समेत स्पष्ट तथ्याङ्क नरहेको पाइएको उनको भनाइ छ । राजश्व लाग्ने विषय होइन भनेर ‘अन्डरमाइन’ गरिएको मन्त्री खतिवडाले उल्लेख गरे ।

एउटा पुस्तकबाट ३० देखि ४० प्रतिशत कमिसन लिन मिल्ने तर १० प्रतिशत कर तिर्दा किन समस्या भन्दै मन्त्री खतिवडाले प्रश्न गरे । पुस्तकको करको विषयमा आफू खुल्ला बहस गर्न तयार रहेको भन्दै मन्त्री खतिवडाले संघीय संसद्मा समेत आफूले सो बारेमा प्रस्ट पारेको र अझै प्रस्ट पार्ने बताए ।

कर नतिरी आयात भएका पुस्तक पक्राउ गर्दा ज्ञान पक्राउ गरियो भन्न नमिल्ने उल्लेख गर्दै उनले चोरी गरिएको सामान पक्राउ गरिने उल्लेख गरे । उनले पुस्तकमा कर किन लगाइएको भन्नेबारेमा आफू सबैपक्षसँग छलफल गर्न तयार रहेको समेत जनाऊ दिए ।

प्रतिक्रिया दिनुहोस