१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहन्छन् : अध्यक्ष प्रचण्ड

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहने बताएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले त्यस्ता विवाद, बहस र संघर्षलाई सहजै स्वीकार गर्नुपर्ने बताए ।

‘हामी कतिपयलाई लाग्छ यो बडो शान्त भइदिए हुन्थ्यो, शिष्ट भइदिए हुन्थ्यो, नेता कार्यकर्ताबीच अनावश्यक विवाद र बहस नभइदिए हुन्थ्यो, सबै मिलेर एकजुट भएर हिँडिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ’, पार्टीको विचार संघर्षप्रति इङ्कित गर्दै उनले भने, ‘कार्यकर्ता र जनतलाई त्यस्तो लाग्ने एउटा कुरा हो, त्यस्तै होस् भन्ने हाम्रो चाहना पनि हो, तर जुन दिन यो साँच्चै शान्त, एकजुट र विवादरहित साँच्चै त्यस्तै भएदेखि यो पार्टी चाँहिदैन, जुन दिन विवारहित हुने दिन आउँछ, त्यो साम्यवाद हो ।’

पार्टी एकतामार्फत जनताका आशा र अपेक्षालाई नयाँ उचाइमा उठाइएको जिकिर गर्दै अध्यक्ष दाहालले जनताको अपेक्षामाथि तुसारापात हुन नदिइने प्रतिबद्धता व्यक्त गरे। कम्युनिष्ट पार्टी भनेको कुनै जमेको पोखरीको पानी जस्तो नभएको टिप्पणी गर्दै उनले नेकपा गड्गडाउने खोला जस्तो ठोक्किँदै, भत्काउँदै साम्यवादतिर लम्कने पार्टी भएको बताए ।

विचार, विधि र नेतृत्वको सम्मिलनबाटै पार्टी एकता सम्भव भएको उल्लेख गर्दै पार्टी एकताले नेपालको राजनीतिक मार्गचित्र बदलेको बताए । उनले भने, ‘एकतापछि कम्युनिष्ट पार्टीलाई दुईतिहाईको ठाउँमा ल्याएर देशको शासन सत्ताको नेतृत्व गर्ने, जनताको भरोसा जित्ने र आफ्नो प्रतिस्पर्धीलाई लोकप्रिय मतले पराजित गरेर ऐतिहासिक उदाहरण हामीले प्रस्तुत गरेका छौँ ।’

पाटीभित्रको बहसबारे सञ्चार माध्याममा आएको कुरालाई विश्वास नगर्न अनुरोध गर्दै अध्यक्ष दाहालले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेकाले ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह गरे । ‘दुई अध्यक्ष विवाद त गर्छौं । निकै नै परेको जस्तो गरी विवाद पर्छ । तपाईंहरुनै तर्सने जसरी । तर, विवाद समाधान गरेका त छौँ’, उनले भने, ‘अहिले पनि केही विषयमा केके हो भन्ने आएको छ । मिडियामा आएको जसरी पछि नलाग्नु होला । हामी बसेर समस्या समाधान गर्छौँ ।’ अध्यक्ष दाहालले कुनै पनि हालतमा पार्टीलाई विघटन र विभाजन हुन नदिइने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस