१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप स्थानीय पाठ्यक्रम बनाउँदै भक्तपुर नगरपालिका

अ+ अ-

भक्तपुर । भक्तपुर नगरपालिकाले कक्षा ३ र ८ को पाठ्यक्रम निर्माण गरी ‘ख्वपको पहिचान’ नामक पाठ्यपुस्तक प्रकाशन गर्ने भएको छ । नगरपालिकाले कक्षा १, २, ६ र ७ को स्थानीय पाठ्यक्रम निर्माण गरेर यहाँका सबै विद्यालयमा यसअघि लागू गरिसकेको छ ।

नगरप्रमुख सुनिल प्रजापतिले थप पाठ्यक्रम निर्माणमा विज्ञहरुसँगको परामर्श लिएर तयारी गरेको जानकारी दिए । भक्तपुरको मौलिक सीप, प्रविधि, इतिहासबारे नयाँपुस्तालाई जानकारी गराउन नगरपालिकाले शैक्षिक वर्ष २०७५ देखि चारवटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गरिसकेको उनले बताए ।

स्थानीय पाठ्यक्रम लागू गर्ने यो पहिलो नगरपालिका भएको दाबी गरिएको छ । नगरप्रमुख प्रजापतिले नपाद्वारा गठित स्थानीय पाठ्यक्रम तयारी कार्यदल र विज्ञहरूको सल्लाहअनुरुप पाठ्यसामग्री समेटिइ सो पुस्तक प्रकाशनमा ल्याउन लागेको जानकारी दिए ।

स्थानीय पाठ्यक्रम तयार कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले लागू भएका पाठ्यक्रम प्रभावकारी भएको र अब थप हुने कक्षाका पाठ्यक्रम तथा प्रकाशित हुने पाठ्यपुस्तकमा विज्ञहरुको सुझावलाई समेटेर अगाडि बढ्ने जानकारी दिए । स्थानीय पाठ्यक्रम तयार कार्यदल सदस्य सिद्धिरत्न शाक्य, रोशनराज तुइतुईलगायतले जिल्लावासीले आफू जन्मेहुर्केको ठाउँ र संस्कृतिकबारे ज्ञान बाँड्न पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउछन् ।

नगरपालिकाले यहाँका विद्यालयमा लिपि र भाषाका कक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीलाई मौलिक संस्कारबारे अडियो–भिडियोसहितको डकुमेन्ट्री देखाई सिक्ने अवसर दिनुपर्ने, समाजप्रति उत्तरदायी बनाउने ढङ्गले यहाँका संस्कृतिको महत्वबारे प्रष्ट पार्नुपर्ने, स्थानीय खेल खेल्न प्रेरित गर्नुपर्ने, स्थानीय पाठ्यक्रमको उपलब्धि र प्रभावकारिताबारे अनुगमन गर्नुपर्ने सुझाव आएको जनाएको छ ।

यसैगरी अनुसन्धानमा आधारित ज्ञान र सीप दिनुपर्ने, शिलापत्र–ताम्रपत्र आदिको ज्ञान दिने ढङ्गले शिक्षित गर्नुपर्ने, स्थान विशेष शब्दहरूबारे थाहा दिनुपर्ने, भाषागत शुद्धाशुद्धीमा ध्यान दिनुपर्नेलगायतका सुझाव आएकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस