१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकट महाभारतमा प्राविधिक र मगर भाषा शिक्षा शुरु

अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकामा कृषि प्राविधिक तथा मगर भाषा शिक्षा शुरु गरिएको छ । ‘एक पालिका एक प्राविधिक शिक्षालय’ कार्यक्रमअन्तर्गत बाली विज्ञानको प्राविधिक शिक्षा थालिएको हो ।

महाभारत पर्वत शृङ्खला (डाँडापारी) पारी अवस्थित महाभारत गाउँपालिका–१ धापस्थित भैरव माध्यमिक विद्यालयमा कृषि प्राविधिक शिक्षाको अध्यापन शुरु गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताए । ‘विटक गाउँपालिका मानिएको महाभारतले भौतिक पूर्वाधार मात्र नभई शिक्षामा लगानीले समाज रुपान्तरित हुँदै जान्छ, जनशक्ति उत्पादनले स्थानीयलाई सहज हुन्छ’, उनले भने । उनका अनुसार प्राविधिक शिक्षालयको शुरुआती चरणा ४२ विद्यार्थी अध्ययनरत छन् ।

महाभारतमा प्राविधिक शिक्षालय स्थापना भएपछि छिमेकी खानीखोला गाउँपालिका तथा सिन्धुलीको ध्याङ्लेक र मरिण गाउँपालिकाका विद्यार्थीलाई समेत सहज भएको बताइएको छ । शिक्षालयको यसै साता अध्यक्ष जिम्वाले शुभारम्भ गरे ।

यसैगरी, महाभारत गाउँपालिकामा स्थानीय मगर सङ्घको सहकार्यमा मगर भाषा शिक्षा पठनपाठन शुरु गरिएको छ । सात वडामा बिहान र बेलुका दुई घण्टा कक्षा सञ्चालन हुनेगरी एकैसाथ मगर भाषा क्षिक्षा शुरु गरिएको सङ्घका अध्यक्ष हस्तबहादुर दर्लामीले बताए । ‘मगर समुदायको भाषा, संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले भाषा शिक्षा शुरु गर्‍यौँ’, उनले भने ।

वडाको पायक पर्ने स्थानमा मासिक २६ दिन कक्षा सञ्चालन गर्न तीन शिक्षकका लागि गाउँपालिकाले सहयोग गरेको छ । अन्य भाषा प्रवद्र्धन गर्न शिक्षा प्रदानका लागि सहयोग गर्दै जाने गाउँपालिका अध्यक्ष जिम्वाले जानकारी दिए । पछिल्लो जनगणनाअनुसार गाउँपालिकामा कूल जनसङ्ख्याको २१ दशमलव २२ प्रतिशत मगर समुदायका बासिन्दा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस