७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिजुली बजार पुलमा आकर्षक बत्ती जडान गरिने

अ+ अ-

काठमाडौं । बिजुली बजारमा नयाँ प्रविधिको प्रयोगगरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज) सम्पन्न भएसँगै यसमा आकर्षक बत्ती जडान गरिने तयारी भएको छ । यो पुल टिकाउसँगै शहरी क्षेत्रमा हेर्दा आकर्षकसमेत हुने भएकाले बत्ती आकर्षक नै राख्ने तयारी भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सडकका दुवैतर्फ निर्माण भएका दुवै पुलको माथिल्लो भाग (आर्क) मा धेरै वटा सुन्दर बत्ती जडान हुने इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । ती बत्तीले टाढाटाढासम्म प्रकाशसमेत दिने उनले बताए । पुल निर्माणका लागि ठेक्का सम्झौता हुँदा डिजाइनमा सामान्य बत्ती उल्लेख भए पनि अहिले त्यसका सट्टा आकर्षक बत्ती जडान गर्न लागिएको हो । उनले भने, ‘बत्ती जडानकै लागि निर्माण कम्पनीसँग छलफल भइरहेको छ ।’

निर्माण व्यवसायी आफैँले डिजाइन गरेकोमध्ये एउटा पुल गत वर्ष नै सम्पन्न भइसकेको थियो भने अर्को पुल अघिल्लो महिना निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । निर्माण व्यवसायीसँग भएको सम्झौतानुसार बत्ती जडानसँगै पुलमा रङ्गरोगनको काम बाँकी रहेको इञ्जिनीयर देवकोटाले बताए ।

यो पुल निर्माणका लागि विसं २०७१ पुसमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । जेइ कन्स्ट्रक्सन प्रालिले पुल निर्माण गरेको हो । पुल तीन वर्षमा सक्नेगरी पहिलोपटक ठेक्का सम्झौता भएको थियो । डिजाइनमा लामो समय लागेको र समयमा निर्माणस्थलमा रहेका संरचना हटाउन नसकिएकाले पुल सम्झौता अवधिमा सम्पन्न हुन सकेको थिएन । एक वर्ष थप्दा काम सम्पन्न हुने भन्दै आयोजनाले गरेको सिफारिसमा सरकारले अवधि थपेको थियो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ ।रासस

प्रतिक्रिया दिनुहोस