६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनका लागि नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री पाण्डे सिफारिस

अ+ अ-

काठमाडौँ । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ। उनको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १५ दिनको म्याद दिएर फिर्ता बोलाउने निर्णय गरेको हो।

उनलाई फिर्ता बोलाउनेबारे यसअघिको बैठकमासमेत छलफल भए पनि को थियो । पौडेललाई किन फिर्ता बोलाइयो भन्नेबारे भने खुलाइएको छैन।

पौडेलको चार वर्षे कार्यकाल सकिन केही महिना मात्र बाँकी रहँदा उनलाई सरकारले फिर्ता बोलाएको हो ।

केपी ओली पहिलो पटक प्रधानमन्त्री छँदा चीनमा पाण्डेलाई पठाउने निर्णय भए पनि पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनेपछि उक्त निर्णय उल्ट्याएर पौडेललाई पठाइएको थियो।

पौडेल ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर भएका व्यक्तिहरूको सूचीमा नभए पनि अन्य छानबिनमा परेकोले वा चीनभित्रै केही समस्या देखिएर फिर्ता बोलाइएको हुन सक्ने आशङ्का मन्त्रीहरूले गरेका छन् । त्यसो त प्रधानमन्त्री ओली चिन भ्रमणदेखि नै पौडेलसँग त्यति सन्तुष्ट नभएको निकष्ठहरुको भनाई छ ।

संसदीय सुनुवाइ तथा चीनको सहमतिलगायत प्रक्रियाले नयाँ राजदूत पाण्डेलाई जिम्मेवारी सम्हाल्न कम्तीमा दुई महिना लाग्नेछ।

प्रतिक्रिया दिनुहोस