६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पेट्रोलियम पदार्थ, नुन, चिनी र चामलको पर्याप्त मौज्दात छ’

अ+ अ-

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ, नुन, चिनी र चामललगायत खाद्यान्नको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै ती सामग्रीको आपूर्तिमा कुनै किसिमको समस्या नरहेको बताएको छ ।

अत्यावश्यक औषधि तथा दैनिक उपभोगका अन्य सामग्रीको आपूर्ति प्रणालीमा कुनै किसिमको प्रभाव पर्न नदिन सरकार सचेत रहेको जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती सामग्रीको अनावश्यक भण्डारण नगर्न र नआत्तिन सम्पूर्ण उपभोक्तामा आग्रह गरेको छ ।

कृत्रिम अभाव सिर्जना गर्ने, वस्तुहरूको मूल्यवृद्धि गर्ने तथा मुनाफा कमाउने ढङ्गले बजारलाई प्रभावित पार्नेहरूविरुद्ध सरकार कठोररूपमा लागेको र निरन्तर बजार अनुगमन गरिरहने दृढता व्यक्त गर्दै मन्त्रालयले आपूर्ति व्यवस्थालाई सहज तुल्याइएको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा बिहीबार र शुक्रबार मन्त्रालयअन्तर्गतका विभाग, औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शसहित दैनिक उपभोग्य वस्तुको कारोवार गर्ने व्यवसायीको सङ्गठनका उच्च प्रतिनिधिसँग छलफल भएको जानकारी दिँदै उक्त मन्त्रालयले सबै उद्यमी–व्यवसायीले उपभोक्ता हितलाई केन्द्रमा राखेर व्यापार–व्यवसाय गर्ने र अनुगमन टोलीलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका बताएको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट नेपालसमेत उच्च जोखिममा रहेको सन्दर्भमा सरकारले उपभोक्तालाई नआत्तिन तर पूर्ण सतर्कता र सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले आज एक प्रेस वक्तव्य निकालेर ‘मास्क र स्यानिटाइजर’ को खपत बढी मात्रामा भएको र तिनको मौज्दातसमेत राख्ने प्रवृत्ति बढेकाले त्यसो नगर्न सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ । मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस