६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धि र विकासमा एकताबद्ध हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

नेकपा पोखरा २४ ले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले नेकपा नेतृत्वको तीन तहका सरकारले जनताका चाहनालाई सम्बोधन गर्ने गरी अघि बढेकाले समृद्धिको अभियानलाई सबै मिलेर साकार पार्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टी देशकै सबैभन्दा बढी लोकतान्त्रिक पार्टी भएको बताउँदै काँग्रेसलगायतका अन्य राजनीतिक पार्टीले समेत कम्युनिष्ट पार्टीको सिको गर्नुपर्नेमा जोड दिए ।

छिमेकी राष्ट्रसंगको सम्बन्ध सन्तुलित परराष्ट्र नीतिका आधारमा अघि बढाएको उल्लेख गर्दै उनले मानवअधिकार, आवधिक निर्वाचन र देशभक्तिको विकासमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।

मुख्यमन्त्री गुरुङले आगामी २५ वर्षभित्रमा प्रदेशको प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुर्‍याउने लक्ष्य अनुसार उत्पादन वृद्धि, रोजगारी सिर्जना र प्रकृतिक सम्पदाको अधिकतम उपयोगको नीति प्रदेश सरकारले लिएको स्पष्ट पारे ।

नेकपा गण्डकी प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले आवश्यकता, योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताउँदै पार्टीलाई एकताबद्ध बनाउँदै सरकारले गरेको विकास निर्माणका कामको जनता समक्ष पुर्‍याउन निर्देशन दिए ।

पोखरा २४ का नेपाली काँग्रेस र राप्रपाका विभिन्न जिम्मेवारीमा रहेका ४७ जना कार्यकर्ता सो पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई मुख्यमन्त्री गुरुङ, अध्यक्ष पाण्डे, प्रदेश कमिटी सचिव गोविन्द नेपाली, पोखरा महानगर प्रमुख मानबहादुर जिसी लगायतले माला र अबीर लगाएर पार्टी प्रवेश गराई स्वागत गरेका थिए ।

नेकपा पोखरा २४ का अध्यक्ष मनोहर त्रिपाठीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस