ताप्लेजुङ । ताप्लेजुङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्ताङ्लुङ गाउँपालिका–५ वेतांगु बस्ने ५५ वर्षीय टुलबीर लिम्बु छन् । उनको साथबाट चितुवाको २ थान छाला बरामद भएको छ ।
प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त छाला फेला पारी उनलाई पक्राउ गरेको हो ।
लिम्बुलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको छ ।