काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार अपराह्न ३ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा चारवटै दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
कोरोना संक्रमणको पूर्वतयारीलगायत विषयबारे बैठकमा छलफल गर्ने तयारी छ ।