९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखा नगरपालिका साक्षर घोषणा

अ+ अ-

काठमाडौं । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा टोखालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजी तथा सामुदायिक विद्यालयले सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । सीपमूलक शिक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल आधार बन्नसक्ने उनको भनाइ थियो । सोही क्षेत्रका सांसदसमेत रहेका उनले नगरपालिकाको भवन निर्माणसँगै छरिएको ठाउँबाट दिँदै आएको सेवा एकै ठाउँबाट दिने हुँदा सेवाग्राहीलाई सहज हुने बताए ।

‘भवनको सही सदुपयोग गरी गुणस्तरीय सेवा र सेवाको स्तरलाई बढाउँदै लानुपर्छ’, रक्षामन्त्रीसमेत रहेका उनले भने। सेवामा पारदर्शी भएमात्र टोखाको विकास हुने उनको भनाइ थियो । नगर प्रमुख प्रकाश अधिकारीले भवन समयभित्र सक्नका लागि नगरपालिकाले काम गर्ने बताए । नगरपालिकाले साक्षर नगरपालिका घोषणाका लागि सामुदायिक सिकाइको अवधारणाअनुसार कक्षा सञ्चालन गरेको उनको भनाइ थियो ।

नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले भ्याटबाहेक रु १२ करोड लगानीमा नगरपालिकाको भवन निर्माण गर्न लागेको जानकारी दिए । सात तलाको नयाँ बन्ने भवन डेढ वर्षमा सम्पन्न गरिसक्नुपर्नेछ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौँमा रहेका ११ नगरपालिकामध्ये नौ नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरेको जानकारी दिए ।

नगरपालिका शिक्षा शाखाका प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र जम्मा ९२ विद्यालय रहेको बताए । कूल ११ वडा रहेको टोखामा १५ देखि ६० वर्ष उमेर समूहका ९८.५४ प्रतिशत जनसङ्ख्या साक्षर रहेको उनको भनाइ थियो । विसं २०६७ मा टोखामा साक्षरताको प्रतिशत जम्मा ७९ प्रतिशत रहेको थियो । सोही अवसरमा साक्षरता बनाउन महत्वपूर्ण भूमिका खेल्ने वैकल्पिक विद्यालयलाई प्रशंशापत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस