८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपहरणको नाटक गर्ने फिरौतीसहित पक्राउ

अ+ अ-

विराटनगर । आफू अपहरण परेको नाटक गर्दै फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका छोरा २४ वर्षीय मुकेशकुमार पक्राउ परेका हुन् ।

यही फागुन २३ गते आफू अपहरणमा परेको र सकुशल फिर्ता हुन रु ३० लाख चाहिने सूचनासहित बुबाको मोबाइलमा फोन आएको भनी जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

छोराको मायाले बुबा शिवनारायणले रु २१ लाख फिरौती दिए पनि अनुसन्धानबाट अपहरणको नाटक रच्ने मुकेशलाई प्रहरीले फागनु २६ गते सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो ।

फिरौती रकमसहित बूढीगङ्गा गाउँपालिका–३ निवासी हरिप्रसाद राजवंशीका छोरा २५ वर्षीय कृष्ण राजवंशीलाई प्रहरीले पक्राउ गरेको थियो । अपहरणको नाटक गर्ने योजनाकारसहित कृष्ण राजवंशीलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकारसमक्ष सार्वजनिक गरेपछि सबै तथ्य बाहिर आएको हो ।

प्रहरीले कृष्णबाट नगद रु १६ लाख ५३ हजार र रु तीन लाखको चेक पनि बरामद गरी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

यसैगरी प्रहरीले मोरङको बेलबारी नगरपालिका–८ निवासी २९ वर्षीय कमानसिंह राईलाई खैरो हिरोइन १५ ग्रामसहित पक्राउ गरेको छ । भारतको जोगबनी हुँदै नेपाल रानी प्रवेश गर्ने क्रममा फागनु २५ गते प्रहरीलाई शङ्का लागेपछि खोजतलास गर्दा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बजार मूल्यअनुसार सो हिरोइन करीब रु ५० हजारको हो । प्रतिडोज सेवनकर्ताले रु एक हजारका दरले खरिद गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । निज राईलाई प्रहरीले लागुऔषध ओसारपसार गरेको अभियोगमा कारवाही गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस