९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल बैंक र नीलकण्ठ नगरपालिकाबीच सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता

अ+ अ-

काठमाडौं । नेपाल बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच व्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता भएको छ ।

नीलकण्ठ नगरपालिकाका प्रमुख विकास उद्यमशीलता कार्यक्रम नेपाल बैंकमार्फत कार्यान्वयन गर्ने गरी बुधबार व्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

धादिङ सदरमुकाम धादिङ वेशीमा आयोजित एक समारोहमा नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख भीमप्रसाद ढुङ्गाना र नेपाल बैङ्कका तर्फबाट बैंकका बागमती प्रदेश प्रमुख सुन्दर पन्थीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार चालू आर्थिक वर्षमा नीलकण्ठ नगरपालिकाका २८० उद्यमीले प्रत्यक्ष लाभ लिने छन् । सम्झौता लागू भएसँगै उद्यामीले नगरपालिकाको सिफारिसमा नेपाल बैंकबाट कर्जा प्राप्त गर्नेछन् । उक्त कर्जामा उद्यमीले व्याजमा अनुदान पाउनेछन् । सम्झौताबमोजिम असल ऋणीमध्ये महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्नेछन् ।

बैंकले यो कर्जा प्रवाह गर्दा सेवा शुल्क नलिने जनाएको छ । सम्झौता तथा घोषणा सभामा नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले नगरपालिकासँग सहकार्य गर्न पाएकामा खुशी व्यक्त गर्दैै यस कार्यक्रमबाट किसानले सहुलियतपूर्ण कर्जा सुविधा पाउने र नगरपालिकाबाट थप व्याज अनुदान पाउने बताए । नगरप्रमुख ढुङ्गानाले नेपाल बैंकमार्फत मेयर विकास उद्यमशिलताकार्यक्रम सञ्चालन गर्न पाउनु गौरवको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस