९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस संक्रमण विश्व महामारी घोषित

अ+ अ-

काठमडाों । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई विश्व महामारी घोषित गरेको छ । विश्वभरीनै कोरोनाको संक्रमणले आपतकालीन अवस्था सिर्जना भएपछि विश्व स्वास्थ्य संगठनले विश्व माहामरी घोषणा गरेको हो ।

चीनको हुबेई प्रान्तको राजधानी ऊहानबाट शुरु भएको कोरोनाभाइरसको महामारी चीनमा नियन्त्रण हुँदै गर्दा विश्वका अन्य देशहरुमा यो तिव्ररुपमा फैलिइरहेको छ । हालसम्म १०० भन्दा बढी देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ ।

यो समाचार तयार पार्दासम्म मात्रै संसारभरिमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख २२ हजार २ सय ८९ पुगिसकेको छ भने यसैको कारण मर्नेहरुको संख्या पनि ४ हजार ३ सय ८९ पुगेको छ ।

त्यति नै सुखद कुरा के पनि छ भने यस भाइरसबाट संक्रमित भएर निको हुनेहरुको संख्या पनि ६७ हजार ९ जना पुगिसकेका छन् ।

फलतः यतिखेर ५० हजार ८ सय ९१ जना मात्रै यसबाट संक्रमितको अवस्थामा छन् । निको हुन बाँकी संक्रमित मध्ये पनि ४५ हजार १४३ जनामा संक्रमणको मध्यम खालको असर देखिएको छ । यो भनेको ८९ प्रतिशत हो भने ५ हजार ७ सय ४८ जनाको अवस्था गम्भीर छ ।

कोरोना बाट सबैभन्दा बढी संक्रमित ८० हजार ७ सय ९० चीनमा छन् भने चीनपछि इटाली १० हजार १४९ जना र इरानमा ९ हजार छन्। त्यसै गरी दक्षिण कोरियामा ७ हजार ७ सय ५५ जना, स्पेनमा २,१८८ जना, जर्मनीमा १ हजार ८ ५३ जना, फ्रान्समा १ हजार ७ सय ८४ जना र अमेरिकामा १ हजार १६ जना संक्रमित रहे ।

१ हजारभन्दा कम संक्रमित हुनेहरुमा स्वीट्जरल्याण्ड ६ सय ५२ जना, जापान ६ सय ३९ जना, नेदरल्याण्ड ५ सय ३ जना छन् । पाँचसयभन्दा कम संक्रमित देखापरेका देशहरुमा स्वीडेन, नर्वे, बेलायत, डेनमार्क, वेल्जियम, कतार, अस्ट्रेलिया, बहराइन सिंगापुर, मलेसिया, अस्ट्रेलिया, हंगकंग छन् ।

सयभन्दा कम संख्यामा संक्रमित हुनेहरुमा चाहिँ क्यानडा, ग्रीस, आइसल्याण्ड, इजरायल आदि देशहरु छन् ।

कोरोनाभाइरसको संक्रमणका कारण सबैभन्दा बढी मृत्यु ३ हजार १ सय ५८ जना चीनमा, ६ सय ३१ जना इटाली, ३ सय ६४ जना इरान, ६० जना दक्षिण कोरिया र ४९ जना स्पेनमा भएका छन् । त्यसबाहेक, जर्मनी, फ्रान्स, अमेरिका, स्वीट्जरल्याण्ड, जापान, नेदरल्याण्ड, बेलायत जस्ता देशहरुमा पनि क्रमशः ३, ३३, ३१, ४, १५, ५ र ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस