१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब सानीभेरी नदीमा पनि ‘र्‍याफ्टिङ’ : परीक्षण सफल

अ+ अ-

रुकुमपूर्व । यहाँ को सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ ।

सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेकोे थियो । सिस्ने गाउँपालिका वडा नम्बर ६ बालुवाबाट शुरु गरिएको जलयात्रा वडा नम्बर ७ को सान्चौरसम्म पुगी सम्पन्न गरिएको केन्द्रका अध्यक्ष पहलसिंह घर्तीमगरले बताए ।

उनले नदीमा जलयात्रा सम्भाव्यता अध्ययन गर्दा र परीक्षण सफल भएको जानकारी दिए । रुकुम पूर्वबाट पश्चिमतिर बग्ने सो नदीमा जलयात्रामा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्न अब सहयोग पुग्ने जनाइएको छ ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जलयात्रा परीक्षणको प्रतिवेदन प्राप्तभएपछि नदीमा जलयात्रा गर्न र यसलाई नियमितरुपमा सञ्चालन गर्नको लागि गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए । प्राविधिकका अनुसार नदीमा बाह्रै महिना जलयात्रा गर्न सकिने छ ।

सम्भाव्यता अध्ययनको जलयात्रामा सिस्ने गाउँपालिका अध्यक्ष बराल, उपाध्यक्ष गोवद्र्धन बुढा, नेपाल कम्युनिष्ट पार्टि नेकपा सिस्ने गाउँपालिका इञ्चार्ज वासुदेव गौतम, केन्द्रका अध्यक्ष घर्तीलगायत प्राविधिक टोली र स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस