१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त बनाउँछु : उपकुलपति प्रा डा.सिंह

अ+ अ-

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का नवनियुक्त उपकुलपति प्रा डा.नन्दबहादुर सिंहले विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्वविद्यालय वीरेन्द्रनगर–६ कुइनेपानीस्थित केन्द्रीय कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले विश्वविद्यालयका पदाधिकारी अख्तियारको ढोका धाउने प्रथाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘सरकारले दिएको पैसा दुरुपयोग गरी उपकुलपति, रजिष्ट्रार, डिन, प्रोफेसरहरु विगतमा अख्तियार जानुपर्ने अवस्था सिर्जना भयो’, उनले भने, ‘शिक्षामा भ्रष्टाचार भएको देश विकास हुन सक्दैन, विश्वविद्यालयबाटै हामीले सुशासनको शुरुआत गर्नुपर्छ ।’

उपकुलपति सिंहले तलब खाई हाजिर गर्ने र टाप कस्ने रोग प्राज्ञिक क्षेत्रमा पनि रहेको भन्दै कुनै पनि पदाधिकारी, प्राध्यापक, कर्मचारीले परिभाषित जिम्मेवारी बहन नगरेमा चुप लागेर नबस्ने चेतावनी दिए । स्वच्छ शैक्षिक वातावरण निर्माणमा अनुशासन महत्वपूर्ण भएकाले प्राध्यापक र विद्यार्थी अनुशासनमा बस्नुपर्ने बताउँदै उनले आफूले राजनीतिक आस्था र विचारका आधारमा कसैमाथि भेदभाव नगर्ने प्रष्ट पारे ।

उपकुलपति सिंहले आफ्नो चारवर्षे कार्यकालमा विश्वविद्यालयलाई उदाहरणीय बनाएरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे। ‘कर्णालीको अशिक्षा, रोग, भोक र गरिबीको अन्त्यका लागि विश्वविद्यालयले नेतृत्व गर्नुपर्छ’, उनले भने, ‘समृद्ध कर्णालीको अभियानका अवरोधलाई प्राज्ञिक क्षेत्रकै एकताबाट परास्त गर्न सकिन्छ, हामीले नै यहाँको गरिबी हटाउन सरकारलाई मार्गदर्शन दिने हो ।’

उपकुलपति प्रा डा सिंहले आफूले तत्काल विश्वविद्यालयको विकासका लागि ‘भिजन पेपर’ सार्वजनिक गर्ने बताए। कालिकोटको डिल्लीकोटमा जन्मेका सिंहले माध्यमिक शिक्षा दैलेख सदरमुकामस्थित त्रिभुवन हाइस्कूलबाट तथा उच्च शिक्षा त्रिभुवन विश्वविद्यालय र विद्यावारिधी जापानको टोकियो विश्वविद्यालयबाट गरेका छन् । उपकुलपति छ महिनादेखि रिक्त रहँदा विश्वविद्यालयका नियमित प्रशासनिक कामकाज ठप्प थिए । उपकुलपति नियुक्तिसँगै अन्य पदाधिकारी नियुक्तिको बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस