८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमामा सात किलोमिटर दूरीमा सशस्त्र प्रहरी

अ+ अ-

भैरवाह । नेपाल भारत सीमा क्षेत्र पर्ने रुपन्देहीमा प्रतिसात किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट रहने भएको छ । सीमा क्षेत्रमा हुने सीमा अपराधको रोकथामका लागि गृहमन्त्रालयले नेपालसँग सीमा जोडिएका सीमा क्षेत्रमा ११४ नयाँ बोर्डर आउट पोष्ट थप्ने निणर्य गरेसँगै रुपन्देहीमा भारतीय सीमासँग जोडिएका पाँच स्थानमा बोर्डर आउट पोष्ट थप्नुपर्ने भएको हो ।

पूर्वमा नवलपरासी र पश्चिममा कपिलवस्तुमा पर्ने यो जिल्लाको सीमा क्षेत्र ६० किलोमिटर लामो दूरी रहेको छ । जिल्लामा अहिले एक गण, तीन गुल्म, चार बोर्डर आउट पोष्ट र पाँच सुरक्षा बेस रहेकामा अब थप पाँच स्थानमा बोर्डर आउट पोष्ट थपिने सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

सशस्त्र प्रहरी उपरीक्षक पोखरेलका अनुसार मुख्य कमाण्डका रुपमा एक गण, नेपाल नम्बर २७ गण, तीन गुल्म नम्बर ३८ गुल्म राजश्व भन्सार सुरक्षा, नम्बर ४३ गुल्म राजश्व चुहावट नियन्त्रण गुल्म र नम्बर ४१ गुल्म औद्योगिक सुरक्षा गुल्म रहेका छन् । चार बोर्डर आउट पोष्टमा पजरकट्टी, बोगडी, मजगवा, वयरघाट रहेका छन् भने पाँच बेसमा बिष्णुपुरा, लुम्बिनी, अमुवा, गङ्गोलिया र करौता रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीपसिंह कार्कीले बताए ।

जिल्लाको भारतसँग सीमा जोडिएका थप पाँच स्थान बुची नाका, सिसुवा नाका, पच्चवारी नाका, मञ्जरिया नाका र थुमुवा नाकामा नयाँ बोर्डर आउट पोष्ट राख्न प्रक्रिया अगाडि बढिसकेको उनले भने । केही समयपछि स्थापना गर्न थालिएका नयाँ बोर्डर आउट पोष्टका कारण नेपाल भारतको सीमा क्षेत्रमा हुने सीमा अपराध र सीमा तस्करी नियन्त्रणमा सहयोग पुग्ने रुपन्देहीवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस