१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षण मुद्रण खरिद प्रक्रिया रद्द गर्न निर्देशन

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघि बढाएको सुरक्षण मुद्रण खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकमा सांसदहरुले उक्त खरिद प्रक्रिया तत्काल रद्द गरी ग्लोबल बोलपत्र ‘टेन्डर’मार्फत प्रतिस्पर्धाका आधारमा अघि बढाउनुपर्ने सुझाव दिएका थिए । बैठकले सुरक्षण मुद्रण खरिद प्रक्रियामा अनियमितता देखिएको भन्दै प्रक्रिया रद्द गरी आवश्यक भए प्रतिस्पर्धाका आधारमा मात्र खरिद गर्न निर्देशन दिने निर्णय गरेको हो । साथै बैठकले उक्त खरिद प्रक्रियामा अख्तियारको दुरुपयोग भएको सम्बन्धमा थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ । उक्त खरिद प्रक्रिया सरकार–सरकार (जिटुजी) माध्यमबाट अघि बढाइएको थियो ।

यही खरिद प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ‘कमिशन’सम्बन्धी अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । बैठकले उक्त खरिद प्रक्रियाको लागत अनुमानलगायत विवरण तयार गर्ने सम्बन्धमा थप छलफल गर्ने निर्णय गरेको छ ।

समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा भएको बैठकमा सांसदले सार्वजनिक खरिद कानूनमा व्यवस्था भएको जिटुजी खरिद प्रक्रियामा स्पष्ट व्यख्या नहुँदा यसको दुरुपयोग भएको भन्दै प्रश्न उठाएका थिए ।
जिटुजी प्रक्रियामाथि प्रश्न

बैठकमा सांसद डा.मीनेन्द्र रिजालले मुलुकको खरिद प्रक्रियाका केही कमजोरीको फाइदा उठाएर केही सीमित व्यक्तिले सदैव हालीमुहाली गर्ने अवस्था रहेको बताउँदै समग्र प्रक्रियाको दिगो सुधारका लागि विचार गर्नुपर्ने बताए। सांसद विरोध खतिवडाले जिटुजी खरिद प्रक्रियाको नाममा दुरुपयोग भएको बताउँदै यसको स्पष्ट मापदण्ड र व्याख्याका लागि आवश्यक छलफल गर्नुपर्नेमा जोड दिए ।

सांसद धर्मशिला चापागाईंले जिटुजी खरिद प्रक्रिया सङ्कट पर्दा आवश्यकता पूरा गर्ने प्रक्रिया भए पनि यसको अपव्याख्या गर्ने गरिएको विचार व्यक्त गरे । साथै उनले सुरक्षण मुद्रण खरिद प्रक्रियाको छानबिन गरी दोषीलाई कारवाहीको माग गरे । सांसद तेजुलाल चौधरीले सुरक्षण मुद्रण खरिद प्रकरणमा राजीनामा दिएर मात्र नहुने भन्दै छानबिन गरी दोषीलाई कानूनी कारवाहीको दायरमा ल्याउनुपर्ने बताए।

सांसद शरत्सिंह भण्डारीले जिटुजी खरिद प्रक्रियालाई गलत मनसाय भएका व्यक्तिले चोर बाटोका रुपमा प्रयोग गर्ने गरेकाले यसमा पुनःविचार गर्नुपर्ने बेला आएको बताए । सांसदले प्रश्न उठाएपछि बैठकले जिटुजी खरिद प्रक्रिया सम्बन्धमा सम्बन्धित निकाय, मन्त्री, मुख्यसचिव र सचिवलाई बैठकलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । बैठकमा सांसदहरुले बर्सेनी नोट, राहदानी, अन्तःशुल्क स्टिकरलगायत सुरक्षण सामग्री छपाइमा अर्बौं रकम बाहिरिने गरेको भन्दै मुलुकभित्रै सुरक्षण मुद्रण छापाखाना आवश्यक रहेकामो जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस