१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मर्मत भएन विद्युत् गृह

अ+ अ-

रुकुम । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका– ८ मा रहेको जमाखोला लघुजल विद्युत् गृह एक वर्षदेखि मर्मत भएको छैन ।

गत वर्ष असोज ३० गते आएको पहिरोले सो गृहलाई क्षति पु¥याएको थियो । क्षति भएको लामो समयसम्म मर्मत हुन नसकेको उपभोक्ताले गुनासो गरेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु दुई करोड १३ लाख र स्थानीयको श्रमदान गरी झण्डै रु चार करोडको लगानीमा सो गृहको २०७२ माघ २६ गते निर्माण सम्पन्न भएको थियो । उपभोक्ताले तीन वर्ष मात्र विद्युत् बाल्न पाएका थिए । ९० किलोवाट क्षमता रहेको सो आयोजनाबाट सिस्ने गाउँपालिका वडा नम्बर ७, ८ र रुकुम (पश्चिम) मुसिकोट नगरपालिका-छिङका गरी करिब ९२६ घरधुरी लाभान्वित भएका थिए ।

ठूलो लगानीमा निर्माण गरिएको विद्युत् आयोजना डेढ वर्षदेखि बन्द हुँदासम्म मर्मततर्फ उपभोक्ता समिति तथा स्थानीय सरकार कसैको ध्यान जान सकेको छैन । अहिले उक्त क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् जडान गरिए पनि धेरै विद्युत् भार कटौती हुने गरेको स्थानीयको गुनासो छ । जामाखोला लघुजल विद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले पर्याप्त बजेटको अभावमा मर्मत गर्न नसकिएको र स्थानीय सरकारका साथै अन्य कुनै निकायले वास्ता नगरेको बताए ।

आयोजनामा प्रयोग भएका समान अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् । सिस्ने गाउँपालिका-८ का वडाध्यक्ष खर्कसिंह थापाले मर्मत गर्न बोलपत्र आह्वान भएको जानकारी दिए ।

हिमपातले विद्युत् सेवा अवरुद्ध

तीनदिन लगातार परेको वर्षा र हिमपातका कारण जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका-२ मा विद्युत् सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि लगातार परेको हिमपातका कारण वडामा रहेको झालुङ घारीखोला लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको २२ किलोवाट क्षमताको विद्युत् सेवा अवरुद्ध भएको हो ।

हिमपातका कारण विद्युत्का पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको पुथाउत्तरगङ्गा गाउँकार्यपालिका सदस्य जीताराम कामीले जानकारी दिए । हिउँका कारण वडाभित्रका झण्डै २० देखि २५ वटासम्म विद्युत्का पोल ढलेकाले शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको उनले बताए । उनका अनुसार विद्युत्का तारमा अत्यधिक हिउँ जम्मा भई पोलले थेक्न नसक्दा पोल ढलेका हुन् ।

विद्युत् सेवा अवरुद्ध हुँदा वडाका पेल्मा, यमाखार, भलारलुङ, हिम, घुइवाङ र जिगावाङका नागरिक अध्यारोमा बस्न बाध्य भएका छन विद्युत् पोल गाड्न करिब एक हप्ता लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस