८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेपाङ समुदायका पीडा : किन गाउँमा आउँदैन विकास ?

अ+ अ-

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-५ मरक्यानाकी शिला चेपाङ शिक्षित छैनन् ।

उनीलाई गाउँमा विकास भएको हेर्ने तीव्र इच्छा छ । सडक, बिजुली, नजिकै विद्यालय सञ्चालनमा ल्याएर गाउँका बालबालिका पढाउन पाइदिए हुन्थ्यो भन्ने उनको उत्कट चाहना छ । विकास टाठाबाठाले प्राप्त गर्छन् भन्ने उनको बुझाइ छ । गाउँपालिका गत आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले भने, “चेपाङगाउँमा मात्रै किन आउँदैन विकास ?”

“स्थानीय सरकारले विनियोजन गर्ने योजना र बजेटका बारेमा हामीलाई थाहा नै हुँदैन”, उनले भनीन्, “हामी कम बोल्ने र कम जानेबुझेको भएर होला ?”, उनले गुनासो गरीन् । स्थानीयस्तरमा पनि समयमै सहज सूचना प्राप्त गर्न नसकेको उनले गुनासो पोखिन् । शिलाजस्तै अन्य चेपाङको गुनासो उस्तै छ । “हामीलाई सडक चाहियो, सडकको सुविधा भए तरकारी उत्पादन गर्छौँ र बेच्छौँ”, रामजी चेपाङले भने । उनले विद्यालय टाढा हुँदा बालबालिका नियमित उपस्थित हुन समस्या भएको गुनासो पोखे ।

कक्षा ३ सम्मका लागि बालकक्षाको व्यवस्था गाउँमै गर्नसके मात्रै बालबालिका नियमित विद्यालय जाने उनले बताए । उनले चेपाङ बाहुल्य क्षेत्रका हरेक विद्यालयमा चेपाङ समुदायको शिक्षक राख्नुपर्ने माग गरे । “पहिलाभन्दा अहिले हामी धेरै बुझ्ने भइसकेका छौँ, अझै धेरै जान्न बाँकी छ”, उनले भने ।

इच्छाकामना गाउँपालिका-५ का वडासदस्य निर्मला श्रेष्ठले अधिकारका लागि चेपाङ समुदाय एकजुट हुनुपर्ने बताए । “आजसम्म एक जना चेपाङ पनि योजना चाहियो भनेर वडामा आएका छैनन्, हामीले नै प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौँ, तपाईंहरु लाज नमान्नुहोस्, निर्धक्क भएर आफ्ना कुरा सम्बन्धित ठाउँमा राख्नुहोस्, तपाईंका माग सम्बोधन हुन्छन्”, उनले भनिन् ।

“चेपाङ समुदायको मुख्य समस्या बालविवाह हो”, वडा सदस्य श्रेष्ठले भनिन्, “अझै पनि १५/१६ वर्षमै बच्चा जन्माउने गरिएको छ, २० वर्ष कम उमेरको जन्म र विवाह दर्ता नै हुँदैन ।” ती समुदायमा हुने बालविवाह जनप्रतिनिधिका लागि पनि चुनौतीको विषय बनेको श्रेष्ठको भनाइ छ । उनले कक्षा ५ सम्म अध्ययन गर्ने चेपाङ बालबालिकाका लागि सरकारले निःशुल्क खाजाको व्यवस्था गरेको जानकारी दिए ।

“अझै पनि चेपाङ नागरिकको अवस्था दर्दनाक छ”, इच्छाकामना गाउँपालिका–५ का वडाध्यक्ष मोदराज सिलवालले भने, “सरकार र विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेको अभियान बालुवामा पानि खन्याएसरह भएको छ ।” जनचेतनाको कमी र गरिबीका कारण उनीहरु माथि उठ्न नसकेको सिलवालले बताए । “जीवनस्तर उकास्न शुरुआत आफैँबाट गर्नुपर्छ, सरकार र सङ्घसंस्थाले त सहयोग मात्रै गर्ने हो”, उनले भने ।

वडाले सञ्चालन गरेको उद्घोषणलगायतका तालिममा पनि चेपाङ समुदायको प्रतिनिधित्व नभएको उनले बताए । “यो समुदाय छरिएर होइन, एकीकृत भएर आउनुपर्छ, तपाईंहरु काम गर्छु भनेर आउनुहोस्, हामी बजेट दिन्छौँ”, उनले भने । आफ्ना अधिकारका विषयमा खुलेर बोल्न आग्रह गर्दै हरेक कार्यक्रममा सहभागी हुँदा भत्ता र खाजाभन्दा पनि ज्ञान र सीप सिक्नेतर्फ ध्यान दिन वडाध्यक्ष सिलवालले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस