१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालमैत्री नगर बन्दै गलकोट

अ+ अ-

बाग्लुङ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सूचकहरू पूरा गर्दै गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको चरणमा प्रवेश गरेको छ ।

चालू आवमा बालमैत्री नगर घोषणा कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाले चैत महिनाभित्रै गलकोटलाई पहिलो बालमैत्री नगर घोषणा गर्दैछ ।

“तोकिएका सूचकहरू पूरा गर्न गरिएको मेहेनत सफल हुँदैछ” नगरप्रमुख भरत शर्मा गैरेले भने, “उपयुक्त समय तोकेर बालमैत्री नगर घोषणा हुन्छ ।” भौतिक विकासका काममा मात्रै ध्यान दिने परिपाटीको अन्त्य गर्दै मानवीय विकासका सूचकहरू पूरा गर्न नगरपालिका लागिरहेको उनले बताए ।

“बालबालिकाका हकअधिकारको संरक्षण गर्दै सभ्य नागरिक बनाउन नगर प्रतिबद्ध छ” उनले भने, “मानव तथा सामाजिक विकासमा जिल्लाकै नमूना भएर देखाउने धुनमा छौँ ।” बालमैत्री नगर बनाउन बालबालिकाका अधिकारका अलवा सामाजिक समस्या र तिनको समाधानमा समेत नगरले कार्ययोजना बनाएर काम गरिरहेको उनले जानकारी दिए ।

बालमैत्री नगर घोषणाले सामाजिक विकृतिको न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा नगरपालिकाले राखेको छ । “हामीले तयार गरेको सामाजिक विकासको योजनाले हरेक क्षेत्रलाई सुधार गर्छ”, प्रमुख प्रसाशकीय अधिकृत शिशिर पौडेलले भने, “कयौँ चुनौतीका बाबजुद हामी सफलताको विन्दुमा छौँ ।”, नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गर्ने जनाएको छ ।

अहिले प्रत्येक वडामा अध्यक्षको नेतृत्वमा समिति गठन गरेर रणनीतिमा व्यवस्था भएका सूचकको अवस्थाबारे जानकारी सङ्कलन गर्ने काम सकिएको छ । वडा तहबाट आएको प्रतिवेदनका आधारमा पूरा नभएका सूचक पूरा गर्न नगरपालिका लागिरहेको योजना शाखाका अधिकृत राजन कँडेलले जानकारी दिए ।

बालबालिकाको शिक्षा, स्वास्थ्य, पूर्णखोप, स्तनपान, पोषण, सामाजिक क्रियाकलापमा सहभागिता, बालश्रमको अन्त्यलगायत सूचकहरू अनिवार्य पूरा गर्नुपर्ने व्यवस्था छ । गलकोट नगरपालिकाले नगरप्रमुख शिशु तथा मातृ स्वास्थ्य तथा पोषण कार्यक्रम, बाल विकास केन्द्रको स्थापनालगायत बालबालिकासम्बन्धी विभिन्न कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरी सञ्चालन गरिरहेको उनले बताए ।

बालमैत्री नगर घोषणाका लागि सबै जनप्रतिनिधि, कर्मचारी, शैक्षिक संस्था, प्रहरी, बालक्लब, नागरिक समाज, सञ्चारकर्मीलगायतका प्रतिनिधिले सामूहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । बालमैत्री नगर घोषणा र दिगोपनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाउँदै बालबालिकालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस