९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी उज्यालो अभियान : ट्राफिक नियमबारे एक लाख प्रशिक्षित

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनामा सडक प्रयोगकर्ता, पैदल यात्रु, चालक, सहचालक तथा विद्यार्थी गरी एक लाख २९ हजारलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको छ ।

ट्राफिक नियम पालना गराई सडक अनुशासन रसचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत पुसदेखि शुरु गरेको तीनमहिने ‘विशेष ट्राफिक उज्यालो अभियान’मार्फत उनीहरुलाई प्रशिक्षित गराइएको हो ।

अभियानका क्रममा १९ हजार ५६९ सार्वजनिक सवारीका चालक तथा सहचालक, २७ हजार मोटरसाइकल चालक र ६१२ सरकारी गाडीका चालकलाई प्रशिक्षण दिइएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । उक्त अभियानका क्रममा झण्डै ६३ हजार पैदलयात्री र सर्वसाधारणलाई ट्राफिक नियम र सडक अनुशासनका विषयमा जानकारी गराइएको उनले बताए ।

महाशाखाले दैनिक ४० एकाइबाट ट्राफिक नियमसम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना कक्षा चलाएको थियो । सो कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे जानकारी दिइएको र घरघरमा सचेतनाका लागि पर्चा –पम्पलेट वितरण गरिएको महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताउनुभयो । “सडक प्रयोगकर्तालाई ‘कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरिएको छ जसका कारण सचेतना कक्षाबाट धेरै लाभान्वित भएका छन्”, प्रवक्ता श्रेष्ठले भने ।

२० हजारलाई सचेतना कक्षा

अभियानका क्रममा जथाभावी बाटो काट्ने १९ हजार ९९८ बटुवालाई सोही ठाउँमा राखेर २० मिनेटको सचेतना कक्षा प्रदान गरिएको ट्राफिक प्रहरीले जनाएको छ । पैदलयात्रीलाई आकाशे पुल र जेब्राक्रसिङको प्रयोग गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा नियमितरूपमा घोडा परिचालन गरिएको महाशाखा प्रमुख ढकालले जानकारी दिए । ट्राफिक उज्यालो अभियानअन्तर्गत रहेर गीतसङ्गीतका माध्यमबाट जेब्राक्रसिङ र आकाशे पुलको प्रयोग, सडक सङ्केतको पालना तथा तीव्र गति र मापसे गरेर गाडी नचलाउन अनुरोध गरिएको उनले बताए ।

उपत्यकाका व्यस्त ४७ चोकमा चालक तथा जेब्राक्रसिङका बटुवालाई लक्ष्य गरी प्रहरीबाटै ट्राफिक नियम लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । मापसे गरी सवारी चलाउने नौ हजार ५६९, लेन अनुशासन पालना नगर्ने आठ हजार २६९, सवारी दुर्घटना गर्ने १०० सहित १७ हजार ९३८ लाई दैनिक कारवाही गरिएको जनाइएको छ । गत पुस १ गतेदेखि शुरु भएको उक्त अभियानलाई चैत १ गतेदेखि भने थप परिमार्जन गरी सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस