१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवीय क्षति भएका परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने

अ+ अ-

काडमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्रको मानव बस्तीमा जङ्गली जनावरले आक्रमण गरी मानवीय क्षति हुँदा सम्बन्धित पीडित परिवारलाई क्षतिपूर्तिबापत अनुदान रकम यसै वर्षदेखि उपलब्ध गराउने सरकारको नीति भएको बताएका छन् ।

उनले प्रदेशसभाको आज बसेको बैठकमा केही दिनअघि भएको बैठकको विशेष र शून्य समयमा बोल्नुहुने सदस्यले उठाएका विभिन्न जिज्ञासाको उत्तर दिदै प्रदेशको स्थायी राजधानी हेटौँडालाई जोड्ने भीमफेदी–कुलेखानी सडक निर्माणको स्तरोन्नति, ढल निकास र कालोपत्र गर्ने कार्य तीव्रताका साथ अघि बढिरहेको बताए ।

मुख्यमन्त्री पौडेलले भीमफेदी-कुलेखानी सुरुङ मार्गको सम्भाव्यता अध्ययनको रिपोर्ट प्राप्त भएपछि आगामी वैशाखको दोस्रो हप्ताभित्रै सुरुङ निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गर्न लागिएको स्पष्ट पारे । उनले उक्त बैठकमा कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित हुने बिरामीलाई तत्काल उपचार गर्ने प्रक्रियामा ४० श्यया (प्रकोष्ट) को प्रदेश सरकारले व्यवस्था गर्न लागेको र सो प्रयोजनका लागि आवश्यक एप्रोन, मास्क र उपकरण खरिद गर्ने प्रक्रिया शुरु गरिसकेको बताए ।

मुख्यमन्त्री पौडेलले काठमाडौँको बल्खु हुँदै फाखेल–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकलाई अहिले निर्माण प्रक्रियालाई तीव्रता दिइएको र हेटौँडा जोड्ने सडकलाई गुणस्तरीय र फराकिलो गरी यात्रुलाई आवतजावतका लागि सुविधायुक्त सेवा उपलब्ध गराउन सरकारले कार्यान्वय गर्ने पनि जानकारी दिए ।

सो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशसभाका सदस्य शोभा शाक्यले राखेको एक प्रश्नको लिखित जवाफको टेबुल गरे । उक्त बैठकमा शिक्षा, स्वास्थ्य र कृषि समितिका सभापति घनश्याम दाहालले प्रदेश युवा परिषद् गठनको व्यवस्था गर्न बनेको विधेयकको पूर्ण छलफलबाट प्राप्त प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आजै अपराह्न ३ः०० बजे बस्ने गरी स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस