८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाको सन्त्रासले घर फर्कंदै नेपाली

अ+ अ-

बर्दिया । बर्दिया राजापुर नगरपालिकाका ध्रुवप्रसाद न्यौपाने २० दिन अघिमात्र भारतको गढुवालमा कमाउनका लागि गएका थिए ।

विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसको त्रासले न्यौपाने छिटै घर फर्कनु प¥यो ।

टीकापुर नरगपालिका–९ सत्ती भन्सार कार्यालय नजीकै रहेको सहायता कक्ष ‘हेल्थ डेस्क’मा उनको ‘थर्मल गन’ बाट शारीरिक तापक्रम स्वास्थ्यकर्मीले जाँच गर्दै थिए । “बीस दिनअगाडि कामका लागि मलगायत आठ÷दशजना साथी गडवाल पुग्यौँ ।

पुगेको केही दिनमै कोरोनाको त्रास भयावह हुँदै गयो”, न्यौपानेले भने, “काम गर्न सक्ने वातावरण रहेन । घरबाट लिएको पैसा पनि सकियो । कुनै विकल्प नभएपछि घर फर्कियौँ ।”

न्यौपानेजस्ता सयौँ नेपाली सीमा नाकाबाट नेपाल प्रवेश गर्दै आएका छन् । भारतमा पनि कोरोनो भाइरसको सङ्क्रमणबाट सयौँ सङ्क्रमित हुँदा त्यहाँका नेपालीमा समेत ठूलो त्रास रहेको नेपाल फर्केका नेपालीले बताउने गरेका छन् ।

न्यौपानेसँगै आएका विकास अधिकारीले घरको जोहो भारतमा गई मजदुरी गरेमात्र चल्ने भन्दै त्यो बाटो बन्द भएको बताए । उनले यस्तै अवस्था रहे आफूहरुले भोकै मर्नुपर्ने अवस्था सिर्जना हुने भन्दै कोरोना भाइरसको सङ्क्रमण कम भएलगत्तै भारत जाने बताए।

सत्ती भन्सार कार्यालयका प्रमुख रामचन्द्र शर्मा ढकालले पहिलेको तुलनामा चहलपहलमा कमी आए पनि मानिसको ओहोरदोहोर नरोकिएको बताए । कोरोनाको सन्त्रास बढेपछि नगरपालिकाले फागुन २४ गतेबाट खक्रौलामा रहेको सहायता कक्ष ‘हेल्थ डेस्क’ मार्फत भारतबाट आउने नेपालीको स्वास्थ्य जाँच गर्न थालेको छ ।

हालसम्म कसैलाई पनि त्यस्तो लक्षण नदेखिएको बताउँदै हेल्थ डेस्कमा कार्यरत अहेव मकेन्द्र रोकायाले लक्षण नदेखिए पनि ढुक्क हुने अवस्था भने नभएको बताए । “हालसम्म कसैमा पनि कोरोना भाइरसको लक्षण देखिएको छैन”, अहेव रोकायाले भने, “तर ढुक्क हुने अवस्था पनि छैन ।

कोरोना भाइरसको लक्षण १४ दिनसम्म पनि देखिने भएकाले अहिले नै सङ्क्रमित प्रवेश गरेको छैन भनेर पुष्टि गर्न सकिने अवस्था छैन ।” रोजगारीका क्रममा भारतका विभिन्न ठाउँमा रहेका नेपालीमध्ये धेरैजसोले कोरोनाको सन्त्रासबाट घर फर्किएको बताउने गरेका छन् । यसरी घर फर्किनेमा कैलाली, बर्दिया, अछाम, सुर्खेत, डोटी, दैलेख, कालीकोटलगायत जिल्लाका बासिन्दा रहेका छन् ।

त्यस्तै बर्दियाको गेरुवा गाउँपालिकाका तीनजना भारतको हैदरावादबाट घर फर्किएका छन् । दुई वर्षपछि घर फर्किएका गोपाल चौधरीले भने, “घर परिवारसँग भेटघाट नभएको पनि धेरै समय भएको थियो । यस्तैमा कोरोनाको हल्ला फैलिएपछि चाँडै फर्किए ।”

भारतमा केही नेपाली कामदारलाई कामबाट निकालिएको छ । तीमध्ये कतिपयलाई फेरि काममा फर्किन भनिएको छ भने कतिपयले रोजगारी नै गुमाएका छन् । भारतको मुम्बईमा एक होटलमा कार्यरत अछामका विकास धामीलाई केही समयपछि काममा आउनु भनिएको छ तर कहिलेसम्म काममा फर्किने भन्ने कुरोको ठेगान छैन ।

ग्राहकको सङ्ख्या घटेसँगै उनीलगायत धेरै कामदारलाई होटल व्यवस्थापनले केही समयका लागि बिदा दिएको छ । सो होटलमा कुकमा कार्यरत उनी खाली समयको सदुपयोग गर्न घर फर्किएका छन् । “एकातिर बिदाको समय अर्कोतिर कोरोनाको हल्ला फैलिन थालेपछि घर फर्किएँ”, उनले भने, “मजस्तै धेरैलाई बिदा गरिएको छ ।”

यसरी घर फर्किनेमा भारतका महाराष्ट्र, मुम्बई, हैदरावाद, गुजरात, लखनऊ, सुरतलगायत शहरबाट धेरै रहेको पाइएको छ । सीमा क्षेत्रमा घर फर्किने नेपालीको सङ्ख्या बढेसँगै चुनौतीसमेत थपिएको छ । उनीहरुलाई भरपर्दो ढङ्गले स्वास्थ्य जाँच गर्न सकिएको छैन ।

अहिले सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कले थर्मल गनमार्फत ज्वरो नाप्ने र सामान्य सोधपुछ मात्रै गर्दै आएको छ । स्वास्थ्यकर्मीले उनीहरुलाई ज्वरो नाप्नाका साथै रुघाखोकी र श्वासप्रश्वास समस्याबारे सोध्ने गरेको छ ।

थर्मल गनले ज्वरोको मात्रा देखाए पनि रुघाखोकी र श्वासप्रश्वास समस्याबारे सम्बन्धित व्यक्तिले भनेपछि मात्रै स्वास्थ्यकर्मीले थाहा पाउने अवस्था छ । हेल्थ डेस्कमा त्यस्तो सङ्क्रमण देखिने बित्तिकै सबै संयन्त्रहरु तयारी अवस्थामा राखिएको अहेव रोकायाले बताए।

प्रतिक्रिया दिनुहोस