१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक स्तरोन्नति गर्न भत्ता रकम

अ+ अ-

कञ्चनपुर । कोही भत्ता नहुने कार्यक्रममा सहभागी नै हुँदैनन् त सहभागी नभइकन भत्ता थाप्नेको समेत समाजमा कमी छैन ।

सुन्दा अचम्म लाग्छ , पाइएको भत्तालाई विकास निर्माणमा लगाइन्छ भनेर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिक–१० का वडा अध्यक्ष लालबहादुर ऐरले भत्ताको रकम सडक स्तरोन्नतिमा खर्च गरी उदाहरणीय काम गरेका छन् ।

तीन दिने नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना तर्जुमा गोष्ठीमा सहभागी भई पाइएको रु तीन हजार ८२५ रकम उनले २०० मिटर सडक स्तरोन्नतिकोमा प्रदान गरेका छन् । उनले भने, “ स्तरोन्नति गर्न व्यवसायीले निःशुल्करुपमा उपकरण सहित इन्धनको व्यवस्था गरिदिए । सबैको सहयोगबाट विकास सम्भव हुन्छ । ”

आरसिटी इञ्जिनीयरिङका सञ्चालक चूडामणि जोशीले वडाध्यक्षले भत्ताको रकम खर्चेर सडक स्तरोन्नतिको कार्य गर्ने इच्छा व्यक्त गरे पछि सहयोग गर्न नाइनास्ती गर्न नसकिएको बताए । समाजमा असल कार्य गर्नेको साथ दिनुपर्छ भन्ने भावना जागृत भयो उनले भने, “समाजमा असल सन्देश दिनका लागि सहयोग ग¥यौँ ।”

सडक स्तरोन्नतिमा सम्लग्न रोलर, जेसिबी, ट्र्याक्टर चालक र निःशुल्क श्रमदान गर्ने स्थानीय बासिन्दालाई कार्य सम्पन्न भएपछि आफ्नै खर्चमा वडाध्यक्षले खानासमेत खुवाएका छन् ।

वडाध्यक्ष ऐरका अनुसार महाकाली इँटाभट्टा, आरसिटी इञ्जिनीयरिङलगायतले ढुवानीका साधन, मेशिन र औजार उपलव्ध गराई सहयोग गरेका छन् । सडक स्तरोन्नति पुरा भएपछि स्थानीय बासिन्दाले सो कार्यको सराहना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस