१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाहीका चिनी उद्योग धमाधम बन्द

अ+ अ-

सर्लाही । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेड यस ‘सिजन’को उखु क्रसिङ सकेर चैतको पहिलो साता नै बन्द हुने भएको छ ।

गत वर्ष वैशाख दोस्रो हप्तासम्म चलेको चिनी उद्योग यस वर्ष चैत पहिलो साता नै बन्द हुने भएको हो ।

सर्लाही, महोत्तरी, रौतहट र बाराको गरी कूल २२ हजार क्षेत्रफलको उखु किसानले इन्दु शङ्करसहित जिल्लाका अन्य चिनी मिलका साथै छिमेकी जिल्लाका चिनी मिलसम्म पु¥याउने गरेका छन् । यस उद्योगले गत वर्ष ३५ लाख ४० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । यस वर्ष गत वर्षको तुलनामा लक्ष्यभन्दा घटी उखु क्रसिङ भएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए ।

यस वर्ष पनि ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्यका साथ माघ ११ गतेबाट सञ्चालन भएको उद्योगले अहिलेसम्म २६ लाख ५० हजार क्विन्टल मात्र उखु क्रसिङ गरेको र उद्योगको रेकर्डमा रहेको जग्गाको क्षेत्रफलअनुसारको उखु सकिएको भन्दै उद्योग चैत पहिलो साता नै क्रसिङ सकिएकाले उद्योग बन्द गर्ने तयारीमा रहेको प्रबन्धक रजकले बताए ।

उनका अनुसार तेस्रो चरणको सूचना प्रकाशितसमेत भइसकेको छ । अबको दुई/तीन दिनभित्रमा उद्योग बन्द गर्ने गरी किसानको खेतमा बाँकी रहेको जे–जति उखु छ त्यो उद्योगसम्म ल्याउन उद्योगले सूचना जारी गरेको जनाइएको छ ।

आवश्यकभन्दा कम उखु उद्योगमा आएका कारण पछिल्लो समयमा दिनको केही घण्टा मात्र उद्योग चल्ने गरेको प्रबन्धक रजकले बताए । दिनमा दुई÷चार घण्टा मिल सञ्चालन गर्दा उद्योग मारमा पर्ने भएका कारण उद्योग चाँडै बन्द गर्न लागेको रजकले बताए।

किसानले पाउनुपर्ने भुक्तानी तथा अनुदान नपाएको भन्दै किसानले पछिल्लो समयमा उखुखेती कम गर्न थालेपछि लक्ष्यअनुसार उखु नआएको उद्योगले जनाएको छ । ऋण गरेर किसानले गरेको उखुखेतीको समयमै भुक्तानी तथा अनुदान नपाउँदा किसानको उखुखेतीप्रति मनोबल कमजोर भएको र अरु खेतीतर्फ किसान आकर्षण हुन थालेको जानकारले बताएका छन् ।

जिल्लामा तीन चिनी उद्योग भए पनि एउटा गत वर्षको अनुदान र भुक्तानी नै बाँकी रहेका कारण यस वर्ष सञ्चालन नै हुन सकेन भने एउटा केही दिन पहिला नै बन्द भइसकेको छ । इन्दु शङ्कर चिनी उद्योग पनि लक्ष्यअनुसार उखु क्रसिङ नभएपछि चाँडै बन्द हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस