९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमि व्यवस्थामन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता

अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा विचार विमर्श भएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री अर्यालले नेपाल-भारतबीच कूटनीतिकसँगै अन्य बहुआयामिक सम्बन्ध पनि विशेष रहेको बताउँदै दुई देशबीच लामो समयदेखि थाँती रहेका केही विषयहरु आपसमा छलफल गरेर समाधान गर्नुपर्ने धारणा व्यक्त गरेकि थिइन् ।

मन्त्री अर्यालले भनिन्, “ती विषयहरु यहाँको कार्यकालमा अगाडी बढ्न सकोस् ।” यसअघिका राजदूतले गर्दै गरेर बाँकी कामका जिम्मेवारीसमेत राम्रोसँग पुरा हुने उनको अपेक्षा थियो ।

सो अवसरमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रशंसा गर्दै मन्त्रालयस्तरीय केही कामहरुमा दूतावासले सहकार्य गर्नसक्ने बताए । मन्त्री अर्यालको सचिवलयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय कामहरु भएको भन्दै राजदूत क्वात्राले ती कामहरुलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ति कोसिस गरिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस