१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पक्की कुलो बन्दै, किसान रमाउँदै

अ+ अ-

घोराही । दङ्गीशरण गाउँपालिका-३ रावतगाउँका किसान नाल्टु चौधरी आजभोलि औधी खुशी छन् ।

उमेरले ६५ वर्ष नाघिसकेका उनी ३० वर्षदेखि निरन्तर काँधमा फरुवा बोकेर कुलो सोहोर्दै आएका थिए । हिउँदमा बनेको कच्ची कुलो हरेक वर्षात्ले भत्काउँछ । उनले हरेक पटक खेतबारीमा सिँचाइ गर्दा फरुवाले कुलो बनाउनैपर्छ ।

हातपाखुरा कमजोर हुँदै गएपछि फरुवाले कुलो सोहोर्नसमेत उनीलाई धौधौ भएको थियो । तर अहिले उनको त्यो समस्या हटेको छ । उनलाई लाग्छ समय फेरिएको छ । गाउँमा खेतबारीमा सिँचाइ गर्ने कच्ची कुलो, पक्की बनिसक्यो । अचेल पक्की नाली बनेको देख्दा उनमा खुशीको सीमा बढेको छ ।

“गाउँगाउँमा सिँचाइका लागि पक्की कुलो बन्दैछ । यस्तो सुखको दिन आउलाजस्तो लागेको थिएन”, किसान चौधरी फिस्स हाँस्दै भने, “जुन गाउँ जाँदा पनि पक्की नाली बनेको देख्छु, देशमा साँच्चिकै विकास हुँदैछ भन्ने अनुभूत भएको छ ।” उनको आफैँ बनाएर सिँचाइ गर्नुपर्ने एक बिघा जमिनमा अहिले सिँचाइ पुगेको छ ।

दङ्गीशरण–५ कुमलगडीका सूर्यदास चौधरी ६१ वर्षका भए । १२ वर्षको उमेरदेखि नै उनको खेती किसानीमा दैनिक बितेको थियो । “वर्षा शुरु हुनेबित्तिकै फरुवा लिएर कुलो लाग्न जानुपथ्र्यो अब पक्की नाली बन्दैछ । कुलो लाग्ने समस्याबाट मुक्ति पाइने भयो”, उनले भने । दङ्गीशरण–४ मौलीका मित्रलाल रावल उमेरले ७५ वर्ष काटिसके ।

गाउँपालिका नजिकै बनेको नाली हेर्दै हिँडिरहेका उनले भने, “छोरानातिका दुःखका दिन गए”, साठी वर्ष अगाडिको दुःख सम्झँदै उनले भने, “हामी त फरुवा कुटो, कोदालो हातले चलाएर काम ग¥यौँ, फरुवा लिएर कुलो झार्न जान्थ्यौँ, खेत खन्थ्यौँ, अहिले सबै बाटा, कुलो नाली पक्की बन्दैछन् । सुखका दिन आउँदैछन् ।”

दङ्गीशरण वडा नं ५ मिरौलीमा कुलो निर्माणमा हेकुलीकी सीता चौधरी र रविता चौधरी काम गरिरेहको भेटिए । उनीहरु दैनिक नौ घण्टा खेतबारीमा काम गर्थे । ठेकेदारले आठ घण्टा काम गर्ने भने पनि कुलो निर्माण छिट्टै सकिएला भनेर उनीहरु नौ घण्टा काम गरेको बताउछन् । पक्की कुलो बनाउने काम छिट्टै सकिएपछि वर्षा शुरु हुँदा कुलो लाग्नुपर्दैन । पानी चुहिएर कुलोको पानी खेर जाने समस्या पनि छैन ।

दङ्गीशरण गाउँपालिका वडा नं ३ स्थित हेकुलीगाउँमा सिँचाइ सुविधा पु¥याउनका लागि पक्की कुलो निर्माण जारी छ । प्रदेश सरकारको रु एक करोड ६५ लाख लागतमा पक्की कुलो निर्माण भइरहेको छ । तीन हजार ३०० मिटर लम्बाइको पक्की कुलो निर्माणपछि हेकुलीगाउँका करिब डेढ सय घरधुरी सिँचाइ सुविधा लिन सक्नेछन् ।

निर्माणाधीन सो कुलो ८० सेन्टिमिटर चौडाइ र ६० मिटर अग्लो रहेको निर्माण व्यवसायी ईश्वर पुनले जानकारी दिए । विसं २०७६ माघमा जलजला निर्माण सेवा घोराही दाङसँग २०७७ माघमा निर्माण सक्ने गरी सम्झौता गरे पनि यही असार मसान्तमा निर्माण सकिने उनले बताए ।

सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गणेश मरासिनीका अनुसार दङ्गीशरणमा विसं २०७४/७५ मा पाँच स्थानमा पक्की कुलो निर्माण भएका छन् । विसं२०७५/७६ मा १० गरी जम्मा १५ पक्की कुलो निर्माण सम्पन्न भइसकेको दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । चालु आर्थिक वर्षमा पनि गाउँपालिकाका सबै वडामा करिब दर्जन बढी पक्की कुलो बन्ने प्रक्रियामा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस