७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशको कमाइले स्वदेशमा कागती खेती

अ+ अ-

नारायणपुर । तुलसीपुर उपमहानगरपालिका-१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती गरेका छन् ।

रुकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती शुरु गरेका हुन् । वार्षिक रु ५० हजारका दरले जग्गा भाडामा लिई व्यवसाय शुरु गरेका खड्कालाई शुरु शुरुमा गाउँलेले नै पत्याएका थिएनन् । कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँले पनि कागती किन्न र हेर्न आउन थालेका छन् ।

दुई वर्ष पहिले लगाएको कागतीले अहिले उत्पादन दिइरहेको छ । भर्खरै १५ क्विन्टल कागती प्रतिकेजी रु १२० का दरले बिक्री गरेको खड्काले जानकारी दिए । चटपटे बनाउनेदेखि बजारका तरकारी पसले उनका ग्राहक हुन् ।

गाउँघरमै सानोलाई रु १० र ठूलोलाई रु १५ प्रतिगोटाका दरले पनि बिक्री भइरहेको खड्का बताउछन् । घर परिवारका पाँचले नियमित काम गरिरहे पनि कहिलेकाहीँ चार/पाँच कामदार लगाउनुपरेको उनले बताए ।

कागतीको बिरुवा भारतबाट प्रतिबोट रु २५० मा किनेर ल्याएका खड्का यो कुन जातको कागती हो भन्ने नै थाहा नभएको बताउछन् । मकवानपुरमा यो जातको कागतीलाई एम १५ भन्ने गरे पनि कृषि विज्ञका अनुसार फरकफरक नाम भन्ने गरेको उनले बताए ।

रोजगारीका लागि दुईपटक मलेशिया र एकपटक अफगानिस्तान गएर आएपछि खड्काले व्यवसाय शुरु गरेका छन् । छ वर्ष विदेश गएर कमाएको पैसा लगानी गरेर व्यवसाय शुरु गरेका खड्काले व्यवसायमा रु ७५ लाख लगानी गरेको बताए ।

विदेशमा गरेको दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि कर्म नै रोजेको उनले बताए । “नेपाली बजारमा सधैँ प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहाँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँ”, खड्काले भने ।

बिजौरीको २२ कट्ठाको खेतीबाट उत्पादन शुरु भएपछि खड्काले घोराही उपमहानगरपालिका–५ धर्नामा तीन बिघा जग्गा भाडामा लिएर कागती र माछापालन शुरु गरेका छन् । कागतीसँगै माछा, कुखुरा, केराखेतीसँगै भैँसी र बाख्रा पनि पालेका छन् ।

व्यवसाय शुरु गरे पनि सरकारबाट कुनै किसिमको सहयोग नपाएको उनले बताए । “बैंकको ऋण लिन पनि धितो चाहिने तर आफूसँग जग्गा जमिन नभएकाले साथीभाइसँग महँगोमा ऋण लिनुपरेको छ”, खड्काले भने। कृषि पेशाबाट मानिस पलायन भएर अन्य पेशा अपनाइरहेका समयमा खड्काले गरेको कृषिले सबैको मन लोभ्याउने गरेको छ । सरकारबाट अनुदान नपाइए पनि सहुलियत ऋणको व्यवस्था गरिदिए कृषि पेशामा आकर्षण बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस