७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपतिको आरतीमा २५ भन्दा बढी उपस्थित नहुने

अ+ अ-

काठमाडौ । पशुपति क्षेत्रमा प्रत्येक दिन बेलुकी हुने गरेको वाग्मती गंगा आरतीमा शनिबारदेखि २५ जनाभन्दा बढी उपस्थित नगराउन पशुपति क्षेत्र विकास कोषले निर्देशन दिएको छ।

कोरोना भाइरसको सङ्क्रमणबाट भक्तजनलाई बचाउन आवाज ननिकाली आरतीको विधि पूरा गर्न निर्देशन दिइएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् ।

ुकोषले भक्तजनमाथि शासन गर्न खोजेको होइन, रोगको सन्त्रासबाट बचाउन खोजेको हो, मन्दिरमा दर्शनका लागि आउनु हुने भक्तजनलाई पनि २५ जनाभन्दा धेरैको सङ्ख्यामा जम्मा नहुन र दुई मिटरको दूरीमा बस्न अनुरोध गरिएको छु, उनले भने। यसका लागि कोषले पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायलाई समन्वयात्मक रुपमा परिचालन गरेको छ । भक्तजनमा रोगको सङ्क्रमण फैलन नदिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ। सजग भएर भीड नगर्न र कोषको अनुरोधलाई सहज रुपमा स्वीकार गर्न पनि सदस्य सचिव ढकालले आह्वान गरे।

कोषको निर्देशनानुसार शनिबारदेखि १० जनाको समूहले आरती गर्ने भक्तजन र सहयोगीसमेत गरी २५ जनाभन्दा बढी उपस्थित नहुने गरी व्यवस्था मिलाइएको श्री पशुपतिनाथ एवं वाग्मती गङ्गा आरती सेवा समितिका कोषाध्यक्ष नारायणप्रसाद पौडेलले बताए। पशुपतिमा विसं २०६३ साउनको तेस्रो सोमबारदेखि वाग्मतीको गङ्गा आरती शुरु भएको हो। भारतको बनारसमा हुने गङ्गा आरतीको स्वरुपमा त्यहीँबाट सामग्री र जनशक्ति ल्याएर कार्यक्रम शुरु गरिएको थियो। त्यसबेलादेखि शुरु गरिएको आरती अहिलेसम्म निरन्तर चलिरहेको छ।

आरतीको विधि नछोडी साउन्ड सिस्टम बन्द गरेर भीडभाड नगर्ने गरी तयारी गरिएको पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस