७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालय नछाड्न निर्देशन

अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) रोगको सङ्क्रमण नेपालभित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन गर्नुपर्ने भएकाले उपत्यकाभित्रका मन्त्रालयअन्तर्गतका विभाग/कार्यालयमा कार्यरत सबै कर्मचारीलाई बिदाका दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिए।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, आन्तरिक प्रशासन शाखा, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत १८ कार्यालयलाई पत्र पठाई बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको हो ।

उनका अनुसार विभाग÷कार्यालयमा कार्यरत सहसचिवस्तरका कर्मचारी, स्वास्थ्यकर्मी र विभागीय प्रमुखलाई सार्वजनिक बिदाका दिनमा समेत उपस्थित हुन भनिएको हो । उनले उपसचिव र अधिकृतस्तरका कर्मचारीलाई समेत काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको बताए ।

सरकारले कोभिड-१९ को सतर्कता अपनाउन भोलि (आइतबार) बाट अत्यावश्यक कामबाहेक कार्यालय नखोल्ने र सम्पूर्ण लामो दूरीका यातायातसमेत बन्द गर्ने निर्णय गरेको छ । अहिले विश्वमा नै कोभिड-१९ को सङ्क्रमण बढिरहेकाले सरकारले पनि सजगता अपनाएको छ ।

प्रतिक्रिया दिनुहोस