७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड १९ : सीमानाका र बजार सुनसान

अ+ अ-

कञ्चनपुर । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी सुनसान बनेको छ । सरकारले आजदेखि भारत र चीनसितको सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेसँगै यहाँ चहलपहल नभएको हो ।

नाकाबन्दबारे जानकारी नभएका यात्रुको स्वस्थ्य परीक्षण गरेर मात्र गन्तव्यतर्फ जान दिइएको छ । यात्रु गड्डाचौकीबाट पाँच किलोमिटर वरको भीमदत्तनगरसम्म हिँडेरै आइरहेका छन् । गड्डाचौकी बजार पूर्ण रुपमा बन्द छ । सीमानामा सुरक्षा सतर्कता बढाइएको छ । स्वास्थ्यकर्मीको टोली बिहानैदेखि सेवा प्रदान गरिरहेको छ ।

यस्तै यहाँको मुख्य बजार महेन्द्रनगरसमेत सुनसान छ । पूर्व-पश्चिम राजमार्गमा सर्वसाधारण पैदल नै गन्तब्यतर्फ लागेका देखिन्छ । ठाउँ ठाउँमा प्रहरी टोलीले अनावश्यक रुपमा घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले गएराति १२ बजेदेखि लागू हुने गरी यहाँको बजार, व्यापार, व्यवसाय, कलकारखानालगायत बन्द गर्ने निर्णय गरेको थियो ।

‘अत्यावश्यक सेवा प्रवाह रोकिएको छैन’, भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले भने, ‘आइसोलेसन वार्डदेखि अन्य सामग्री र पूर्वाधार निर्माणमा नगरपालिका जुटेको छ ।’ यहाँको भीमदत्तनगर बजारमा रहेको सिएमए छात्रावासमा १०० श्ययाको आइसोलेसन निर्माण गर्न नेपाली सेना जुटेको छ । सीमानाका, राजमार्ग र बजार क्षेत्रमा उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यातायातका साधन बन्द हुँदा भने यात्रुलाई समस्या भएको छ ।

गड्डाचौकी क्षेत्रको स्थलगत अनुगमन तथा अन्य बजार क्षेत्रको अवस्था बुझ्न नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरधी बालकृष्ण कार्की भीमदत्तनगर आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस