काठमाडौँ । नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) को जोखिम सिर्जित असहज परिस्थितिका कारण यस वर्षको घोडेजात्रा रद्द गरेको छ।
आजका लागि तय घोडेजात्राका सबै कार्यक्रम रद्द गरिएको हो।
सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ आयोजना हुने गरेको घोडेजात्रा यसपटक आन्तरिक रुपमा औपचारिकता स्वरुप सानो संख्यामा पाहुना बोलाएर मनाउने सेनाको यस अघिको तयारी रोकिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
देश नै लकडाउनमा गइसकेपछि सम्पूर्ण कार्यक्रम रद्द गरिएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।