९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लक डाउनको प्रभाव : भेरीमा दुई जलविद्युत् आयोजनाको डीपीआर काम अवरुद्ध

अ+ अ-

जाजरकोट । भेरी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अवरुद्ध भएको छ ।

नेपालमा लक डाउन भएको भन्दै चिनियाँ कामदारहरु आतिएर काम छाडेको जानकारी आएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिए। काम गर्ने चिनियाँ टोली मङ्गलबार दिउँसो रुकुमपश्चिम आठविसकोट नगरपालिकाको राडीमा आएको सूचना पाएको तर खोज्न जाँदा नभेटिएको उनको भनाइ छ । अहिले फेरी प्रहरीसँग सम्पर्क गरेर चिनियाँ टोलीलाई खोज्न जान लागेको उनको भनाइ छ ।

सो टोलीलाई खानेकुराको समस्य भएको भन्दै काम छाडेको सूचना प्राप्त भएको थापाले जानकारी दिए । चाइना गेजुवा कम्पनीले सात सय २१ मेघावाट जलविद्युत् उत्पादन क्षमताको भेरी–१ र भेरी–२ हाइड्रोपावर परियोजनाको डीपीआर अध्ययन दुई वर्षदेखि जारी रहेको छ ।

कम्पनीले विस्तृत आयोजना प्रतिवेदन दुई वर्षमा सम्पन्न गर्ने गरी केही समय अघिदेखि कार्य शुरु गरेको हो । गेजुवाले विद्युत् विकास समितिबाट इजाजत लिएर उक्त कार्य शुरु गरेको हो । कम्पनीले डीपीआरका लागि जाजरकोट नलगाडको चौखा, तल्लोबगर, बस्नेत गाउँ तथा रुकुमको मनकाबगर, त्रिवेणीलगायत स्थानमा ड्रिलिङ, माटो तथा ढुङ्गाखानी परीक्षणलगायत कार्य गरिरहेको छ ।

एसी पावर कम्पनीले आयोजनाको पहिचान तथा प्रारम्भिक सर्भे डिजाइनका लागि रु सात करोड खर्च गरिसकेको छ । ०६६ सालमा उक्त हाइड्रोपावर पहिचान भएको थियो । चार सय ८० मेघावाट क्षमताको भेरी–१ को नलगाड नगरपालिका– १२ चौखास्थित तल्लो छहरामा पावर हाउस बन्ने भएको छ । यसका लागि जाजरकोट, रुकुम र डोल्पाको सीमास्थित मनकाबगरमा ६० मिटर उचाइको ड्याम बन्नेछ भने पावर हाउससम्म १५ किलोमिटर सुरुङ (टनेल) निर्माण हुनेछ ।

त्यस्तै दुई सय ४१ मेघावाट विद्युत् उत्पादन क्षमताको भेरी–२ का लागि चौखामा ३५ देखि ४० मिटर उचाइको बाँध तथा १३ किमि सुरुङमार्ग र नलगाड–७ चामाखेतमा पावर हाउस निर्माण हुने भएको छ । गेजुवाले डीपीआर निर्माण गर्न रु ५० करोड लाग्ने जनाएको छ । भेरी नदीमा जलाशययुक्त आयोजनाहरू निर्माणका लागि अध्ययन सुरु भएको आयोजनाका रामकाजी थापाले जानकारी दिए ।

भेरी–१ र भेरी–२ आयोजना निर्माणका क्रममा चार सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । भेरी–१ का लागि रु एक खर्ब र भेरी–२ का लागि रु ५० अर्ब लाग्ने अनुमान गरिएको छ । डीपीआर सम्पन्न भएलगत्तै भेरी–१ तथा भेरी–२ आयोजना निर्माण चरणमा जाने र अबको १० वर्षमा विद्युत् उत्पादन हुने आयोजनाले बताएको छ ।

भेरी नदीमा जलविद्युत् आयोजना निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित भएका छन् । भेरी नदीमा जलविद्युत् आयोजना निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित भएका छन् । भेरी नदीमा खेर गइरहेको पानीबाट विद्युत् उत्पादन गर्न सके कर्णाली प्रदेशको विकास र समृद्धि हुनेछ । स्रोत र साधनका हिसाबले धनी रहेको यस प्रदेशमा जलविद्युत् उत्पादनका लागि सरकारी तथा निजी लगानी वृद्धि गर्नुपर्ने प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको भनाइ छ ।

‘नलगाड हाइड्रो पावर, छेडागाड जलविद्युत –१, भेरी–२, भेरी–३, भेरी–४ लगायत जलविद्युत् आयोजना निर्माणपछि जाजरकोट मात्र नभई समग्र कर्णालीकै मुहार बदलिने छ’, उनले भने । भेरी नदीमा पाँच हजार र सानी भेरीमा दुई हजार मेघावाट जलविद्युत् उत्पादन क्षमता रहेको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले बताए ।

प्रतिक्रिया दिनुहोस