१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्ण बैंकिङ सुविधा दिन्छौँ : बैंकर्स सङ्घ

अ+ अ-

काठमाडौँ । कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्णरूपमा कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहजरुपमा बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छन् ।

नेपाल बैंकर्स सङ्घको आज बसेको अनलाइन बैठकले विपद्को समयमा सर्वसाधारणको कमाइको पूर्ण सदुपयोग हुने गरी बैंकका आवश्यक शाखा खोलेर पूर्ण सेवा दिने निर्णय गरेको हो । बैठकपछि सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उपभोक्तालाई एटीएममा पर्याप्त रकम उपलब्ध गराउने, एटीएम नभएका शाखा सीमित समयका लागि खुला गर्ने निर्णय गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका बेलामा पनि वाणिज्य बैंकका शाखाले एलसी ट्रेजरीलगायत अत्यावश्यक सेवा दिइनेछ ।’ बैठकले अत्यावश्यक वस्तुको आयातमा बैंकले दिने सेवा सबै शाखाबाट उपलब्ध गराउने निर्णय गरेको छ । निर्णयमा भनिएको छ, ‘बैंकका शाखाले एटीएममा पर्याप्त रकम राख्नेछन् भने ती शाखाबाट नगद कारोवार हुनेछैन । एटीएम नभएका शाखा भने सीमित समयका लागि खुला गरिनेछ । बैंकका शाखामा सर्वसाधारण विशेषगरी रकम झिक्ने आउने भएकाले एटीएम भएको स्थानमा शाखा खोलिने छैन ।’

बैंकका शाखाले दुई आधिकारिक व्यक्तिको सम्पर्क नम्बर ग्राहकलाई उपलब्ध गराउने र ग्राहकले ती व्यक्तिलाई अत्यावश्यक परेको खण्डमा सेवा लिन सम्पर्कसमेत गर्न सक्नेछन् । यस्तै सङ्घले ग्राहकलाई डिजिटल बैंकिङमार्फत कारोवार गर्न आग्रह गर्दै स्थानीय तथा सरकारी निकायलाई बैंकका कर्मचारीलाई स्वास्थ्य तथा सुरक्षा उपकरण उपलब्ध गराइदिनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस