८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउन कार्यान्वयन गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

प्रहरी महानिरीक्षकसँगै हालै पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)लाई निर्देशन दिँदै उनले शान्ति सुरक्षा र वर्तमान अवस्थाको चुनौती सामनाका लागि क्षमता प्रदर्शन गर्न दिर्नेशन दिए।

तीनजना वरिष्ठ प्रहरी अधिकृत एआइजी भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मन्त्री थापाले जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्न समेत अनुरोध गरे।

‘वर्तमानमा उत्पन्न भएको सङ्कटका बेला सुरक्षा निकायको भूमिका बढी छ, हाम्रो परीक्षाको घडी पनि हो, लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउनुहोस्, यो जनताकै स्वास्थ्यका लागि हो भन्ने सम्झाउनुहोस्।’

उनले जनतालाई नम्र भएर सरकारी आदेशको पालना गराउन, जनतालाई कुनै समस्या भए तत्काल समाधानको पहल गर्न, कालोबजारीको अनुगमन बढाउनसमेत प्रहरीलाई निर्देशन दिए।

यस्तै स्वास्थ्य संस्थाका गतिविधिमा निगरानी बढाउनसमेत उनले निर्देशन दिएका छन्। सो क्रममा गृहसचिव महेश्वर न्यौपानले पनि पदोन्नति भएका एआइजीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।

प्रतिक्रिया दिनुहोस